नयँदिल्ली । भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ।
पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ। मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन्।
उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए। उनीहरुमा सबैभन्दा कान्छा रविन थिए। पाँच बर्षअघि मात्र भारतीय सेनामा प्रवेश गरेका उनको गत माघमा बिहे भएको थियो।
मृतक डम्बरका १५ र १३ बर्षका मोनिका र मिलन दुई सन्तान छन्। उनी १९९६ मा सेनामा प्रवेश गरेका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.