बलिउडमा फराह खानले यसरि २५ वर्ष, कठिन संघर्ष गरिन …

काठमाडौं, ९ जेठ । फराह खानले बलिउड चलचित्र क्षेत्रमा पाइला राखेको २५ वर्ष भएको छ । कोरियोग्राफरबाट निर्देशक बनेकी उनी यो क्षेत्रमा निकै संघर्षपछि स्थापित भएकी हुन् । कसरी बुवाआमाको सम्बन्धविच्छेदपछि आफ्नै बल र प्रयासमा फराहले यो सफलता पाएकी हुन् ।
९ जनवरी १९६५ सालमा फराह खानको जन्म भएको थियो ।

आमाबुवाको सम्बन्धविच्छेद भएपछि फराह र उनका भाइ साजिद खानलाई आफ्नो जीवनमा निकै कडा मिहिनेतपछि मात्रै लक्ष्य प्राप्त भयो । फराहलाई नृत्यको शोक सानैदेखि थियो । उनले यो विधाको गहिरो अध्ययन गरिन् र कोरियोग्राफरको काम गरिन् ।

चलचित्र ‘जो जीता वो ही सिकंदर’ मा सरोज खानले कोरियोग्राफी छाडेपछि फराहले यो चलचित्रमा कोरियोग्राफी गरेकी थिइन् । यसपछि फराह खानको भेट फिल्म ‘कभी खुसी कभी गम’ को सेटमा शाहरुख खानसँग भयो । यसपछि दुईमा मित्रता भयो । यसपछि यी दुईले सँगै कयौँ हिट फिल्ममा काम गरे ।

फराह खानले शाहरुख खानसँग चलचित्र ‘मै हुं ना’ बाट निर्देशकका रूपमा डेब्यु गरिन् । यो चलचित्रबाट उनलाई फिल्मफेयरको उत्कृष्ट निर्देशकको अवार्ड पनि प्राप्त भयो । यसपछि शाहरुख खानका साथ फराहलाई निर्देशकका रूपमा ‘ओम शान्ति ओम’ बाट चलचित्रको क्षेत्रमा नयाँ उचाइ प्राप्त भयो । साथै फराहले कयौँ रियलिटी शोमा पनि काम गरिन् ।

चलचित्र ‘मै हुं ना’ को सेटमा फराह खान र शिरिष कुंदरबीच मित्रता भयो । यही मित्रता सन् २००४ मा विवाहमा परिवर्तन भयो । फराह खान आफ्ना श्रीमान्भन्दा ८ वर्ष जेठी छिन् । यसै कारणले विवाहका समयमा उनले निकै आलोचनाको सामना पनि गर्नुपर्यो तर फराहले यसलाई खुलेर सामना गरिन् । फराहले तीन बच्चालाई एकै साथ जन्म पनि दिइन् । जसमा एक छोरा र दुई छोरी छन् । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.