भरतपुरमा कुरा मिल्यो, कांग्रेस-माओवादीको दुवै चिन्हमा परेका मत बदर हुने

चितवन, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा कांग्रेस र माओवादी केन्द्रको दुबै चिन्हमा परेका मत बदर गर्ने सहमतिपछि मतदान सुरु हुने भएको छ ।

कांग्रेससँगको चुनावी तालमेलपछि मेयर पदमा उठेकी प्रचण्डपुत्री रेणु दाहाललाई धेरै मतदाताले मत नदिई रुख चिन्हमा नै मत हालेको आशंकामा माओवादी केन्द्रले ती मत आफ्नोमा गन्नुपर्ने माग गरेपछि उत्पन्न विवाद बदर गर्ने समझदारीपछि साम्य भएको हो ।

माओवादी केन्द्रले ती मत आफ्नो पक्षमा गणना हुनुपर्ने भनेपछि सर्वदलीय बैठकमा विवाद भएको थियो । अन्य सबै दलले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । विवादका कारण मतगणनामा ढिलाइ भएको थियो ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलका अनुसार माओवादी केन्द्रका प्रतिनिधिले कांग्रेस र माओवादी केन्द्र दुवैको निर्वाचन चिन्हमा परेको मत सदर हुनुपर्ने माग राखेपछि मतगणनामा ढिलो भएको हो ।

उनका अनुसार अब केहीबेरमा मतगणना सुरु हुने भएको छ । dainiknepal.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.