यी हुन् बलिउडमा राज गरेका नेपाली कलाकार उदित र मनिषा बाहेक अरुपनि थुप्रै कलाकार

बलिउडमा प्रवेश पाउनु कुनै पनि कलाकारको पहिलो इच्छा हो । तर आफूले सोचे जस्तो नहुँदा उनीहरु निराश हुने गर्छन । किनभने बलिउडमा प्रवेश गरेर आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्नु सजिलो छैन ।

यसैले थुप्रै कलाकारहरु बलिउडमा प्रवेश गरेर पनि टिक्न नसकेको प्रसस्तै उदाहरणहरु भेटिन्छन्।

तर पनि यस्ता धेरै कलाकारहरु छन् जो अथक प्रयासका कारण बलिउडको रंगीन संसारमा राज गर्न सफल भएका छन । यी कलाकाहरुको पंक्तिमा केही नेपालीहरु पनि छन् जो बलिउडमा सफल मानिन्छन । यहाँ प्रस्तुत छ यस्ता केही नेपाली कलाकारहरु जो बलिउडमा राज गरेका हुन् ।

मनिषा कोइराला

कोइराला खानदानकी पुत्री भएर नेपालमा जन्मिए पनि मनिषाले आफूलाई अलगै रुपले चिनाईन् । मनिषा बलिउडका चर्चित नायिका मध्येकी एक हुन् । पढाईको सिलसिलामा भारत पुगेकी मनिषाले मोडलिङबाट आफ्नो अभिनय यात्रा शुरु गरिन् । सन् १९९१ को सौदागर फिल्म उनको पहिलो बलिउड फिल्म थियो । अकेले हम अकेले तुम, अग्नीसाक्षी, मन, मेहबुबा लगायत थुप्रै फिल्ममार्फत सबैको मन जित्न सफल नायिका मनिषाले नेपाली फिल्ममा पनि आफ्नो अभिनय कला देखाईन् । उनले अभिनय गरेका नेपाली फिल्महरु फेरि भेटौँला र धर्मा हुन् ।सन् २०१० मा नेपालका सम्राट दाहालसँग मनिषाले विवाह गरिन् तर उनको वैवाहिक जीवन भने सफल हुन सकेन । सन् २०१० मा भएको विवाह सन् २०१२ मा डिभोर्समा परिणत भयो । भर्खरै मात्र क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी मनिषा दक्षिण भारतीय फिल्ममार्फत अभिनय क्षेत्रमा फर्कदै छिन् । उनका दाई सिदार्थ कोइराला पनि बलिउड अभिनेता हुन्

उदीतनारायण झा

सप्तरी जिल्लामा जन्मलिएका गायक उदीतनारायण नेपालका राम्रा र चर्चित गायक हुन् । सुरीलो स्वरका धनी उदीतले आफ्नो आवाजलाई नेपालमा मात्र सिमित राखेनन् । उनले आफ्नो आवाजमार्फत बलिउडमा पनि तहल्का मच्चाई दिए । उदीतले बलिउडमा सन् १९८० मा फिल्म उन्निस बीसको गीतमार्फत आफ्नो गायनकलालाई प्रस्तुत गर्ने मौका पाएका थिए । उनको लागी यो मौका निकै नै राम्रो भयो त्यसपछि उनले बलिउडमा लगातार गीतहरु गाउने मौका पाए ।

तर जब उनले डर फिल्मको जादु तेरी नजर खुस्बु तेरा बदन बोलको गीतमा आवाज दिए त्यसपछि उनको आवाजको चर्चा बलिउडमा चुलिन गयो । सन् १९८० देखिको उनको यो यात्राले अहिले पनि निरन्तरता पाईरहेको छ । उनले हिन्दी फिल्ममा मात्र नभएर दक्षिण भारतीय चलचित्रहरुमा पनि आवाज दिएका छन् ।

उषा पौडेल

जनकपुरमा जन्मेकी नेपाली अभिनेत्री उषा पौडेलले दर्जनौ नेपाली फिल्ममा काम गरेकी छिन् । उनले गोधुली, तिम्रो माया, प्यारी बहिनी, गगां, क्रोध, जस्ता नेपाली फिल्मबाट पनि सबैको मन जितेकी छिन् । उषाले आफ्नो अभिनय कलालाई बलिउडमा पनि प्रस्तुत गरिन् । उनले बलिउड दुनियामा पनि केहि टेलिसिरियलहरुमा अभिनय गरिन् । साहारा वनको तुजसँग प्रीत लगाई सजना, जय जय जय बजरंग बली, अदालत र चिन्टु चिङकी और एक बडिसी लब स्टोरी उनले अभिनय गरेका टेलिसिरियलहरु हुन् । बलिउडमा अभिनय गर्दा गर्दै उनको यात्रा अमेरिकासम्म पुगेको छ ।

सुनिल थापा

काठमाण्डौमा जन्मिएका ५८ वर्षीय अभिनेता सुनिल थापाले नेपाली चलचित्रका साथसाथै बलिउडका आधा दर्जन जति चलचित्रमा काम गरेका छन् । नेपाली सिनेमा चिनो, आगो, ठुल्दाई, तँ त सारै बिग्रिस नि बद्री लगायतका थुप्रै चलचित्रमा काम गरेका अभिनेता सुनिल थापाले बलिउडमा एक दुजेके लिए, मानव हत्या, आजकी आवाज, अलबेला, नसिबबाला र भर्खरै मात्र उनले हिन्दी फिल्म मेरी कोममा काम गरेका छन ।

भोला राज सापकोटा

मकवानपुरका अभिनेता भोला राज सापकोटा पनि बलिउडमा काम गर्ने नेपाली अभिनेता हुन् । उनले चर्चित फिल्म बर्फीमा अभिनय गरेका छन् । सन् २०१२मा आएको फिल्म बर्फीका कारण भोलाको चर्चा पनि बढेको थियो । उनले अनुराग बासुको आगामी फिल्ममा पनि काम गर्दैछन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.