एजेन्सी: छिमेकी मुलुक भारतले चीनको सीमानामा देशको सबैभन्दा लामो पुल बनाएको छ। अरुणाञ्चल प्रदेशको बीचमा रहेको ब्रम्हपुत्र नदीमा बनाइएको ढोला-सादिया पुलको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नु भएको हो।
चीनको सीमानामा बनाइएको उक्त पुललाई भारतले रणनीनिक रुपमा हेरेको बताइएको छ। उक्त पुल बनाउन धेरै समय लागेको थियो। समाचार एजेन्सी पीटीआइका अनुसार यो पुलको लम्बाइ ९.१५ किलोमिटर र चौडाइ १२.९ मीटर रहेको छ। तर दुवै तिर बनेको सम्पर्क सडकलाई जोड्ने हो भने कुल २८.५ किलोमीटर रहेको छ।
यो पुल ब्रम्हपुत्र नदीबाट निक्लिने लोहित नदीमाथि बनाइएको छ जुन आसामको ढोला र रुणाञ्चलको सादियालाई जोड्ने गर्दछ। पब्लिक प्राइभेट पार्टनरसीप पीपीपी अनुसार सन् २०११ मा सुरु गरिएको थियो।
जसमा करीब २ हजार ५६ करोड भारतीय रुपैया लागेको थियो भने उक्त पुललाई नवयुग इन्जिनियरिङग कम्पनी लिमिटेडले बनाएको हो। यस्तै मिनिस्ट्री सिपिङका अनुसार यो पुलले पूर्वी क्षेत्रको समस्यालाई ठूलो मद्दत गर्ने बताइएको छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.