१० हजार मत कटेपछि रञ्जुसँग १० प्रश्न र उनका १० उत्तर

काठमाडौं : रञ्जु न्यौपाने दर्शना। काठमाडौं महानगरपालिकाको मेयरको उम्मेद्वार। निर्वाचन चिन्ह इस्टकोट। सार्वजनिक पहिचानबाहेक नेपाल बन्दमा भादगाउँले टोपी शिरमा लगाएर ‘नेपाल खुला छ’ भन्दै हिँड्दा कसैकसैले नोटिस गरेको भए फरक कुरा, नत्र अन्जान। काठमाडौं महानगरपालिकामा उम्मेद्वारी दर्ताको चर्चादेखि मतगणनासम्म भने यिनी सुपरहिट। ३२ वडा रहेको महानगरपालिकाका करिब २ लाख मतमध्ये ८० हजारको गणना भइसक्दा उनले १० हजार मत कटाइन्।

कम उमेरकी उनको जमानत जफत हुन्छ भन्नेहरु बग्रेल्ती भेटिन्थे काठमाडौंमा। उनले अप्रत्यासित रुपमा १० हजार ल्याइन् भने उनको जित भयो भन्नेहरु पनि थिए उत्तिकै। भोटको सिलिङ १० हजार तोक्नेहरुलाई झरेको भोटको आधाउधी पूरा नहुँदै उनले चकित पारेकी छिन्। उनको चुनाव चिन्ह इस्टकोटको पनि कुनै पहिचान थिएन-यसअघि। विवेकशीलकी भए पनि यिनी स्वतन्त्र उम्मेदवारमा दर्ज रहिन्। १० हजार मत ल्याइसकेपछि हामीले उनलाई १० प्रश्न गर्‍यौं।

बधाई छ। तपाईँले १० हजारमत प्राप्त गर्नु भएछ त?
ए… हो र ! कटेछ। रमाइलो भएछ त। खबर दिनुभएकोमा धेरै धेरै धन्यवाद।

कस्तो लागिरहेको छ त अहिले?
अहँ.. सबै जना एकदमै खुशी छौं। यो हाम्रा लागि अपर्चुनिटी नै हो।

यति मत ल्याउछु भन्ने थियो तपाईँलाई?
थियो थियो। हामीले भोटको आँकलन नगरी त आएका होइनौं। अनुमान गरेअनुसारको मत आइरहेको छ। यसले जिम्मेवारी पनि थपिरहेको छ। अन्य वडाको मत गनिँदैछ। आशा छ मत अझै राम्रो आउँछ।

धेरैले सोचेभन्दा धेरै मत आउनुको आधार केही थियो?
युथहरु। उहाँहरुको परिवारहरु। पुरानो पार्टीहरुको काम र अनुभव हेरेर दिनुभएको पेयोर भोट हो यो। सात दिनमा इस्टकोट चिनाउन सकेका र भेटेर विश्वास दिलाएकाहरुको जित हो यो।

मत रामै आउँछ भन्नुको अर्थ मेयरमा विजयी हुन्छु भन्ने आश हो अझै?
म अहिले नै जित्ने सम्भावना भन्दिन। तर केही वडा राम्रो छ हाम्रा लागि। जित्ने आशा र सम्भावना त सधैँ भइरहन्छ। एउटा जित मनबाट हो भने अर्को भोटबाट नै हो। मनबाट जित्न गाह्रो हुन्छ। तर, मैले मनबाट जितिसकेको छु। आउँदा दिनहरुमा काम गर्न सजिलो चाहिँ हुनेछ मलाई।

तपाईँको यो मतले के संकेत गरेजस्तो लाग्छ?
देशमा जनताले कस्ता प्रतिनिधि र के चाहिरहेका छन् भन्ने देखाइरहेको छ यसले। पुराना पार्टीहरुको अनुभव र कामका आधारमा हामीलाई दिलाएको भोट नै हो अहिलेको मत।

अब तपाईँको भूमिका के हुन्छ?
उहाँहरुको भोटको सम्मान गर्छु। सुन्दरमान्डु बनाउने हाम्रो पहल जारी रहन्छ। हरेक वडामा रहेका काठमाडौंबासीसँग मिलेर कुरा गर्दै अगाडि विकासका काममा लाग्छौं।

अरु राजनीतिक दलसँग तपाईको भूमिका के हुन्छ अब?
जसले मेयर पद जिते पनि बधाई भन्दै काठमाडौंबासीको हितमा हुने काममा हाम्रो सहमति हुन्छ। काठमाडौंबासीको हित नहुने र गोलमोल हुने काम रहेछ भने खबरदार भन्दै अघि बढ्छौं।

साथीभाइ र आफन्तको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
साथीभाइ सबैको साथ पाइरहेको छु। ‘बढ्नु पर्थ्यो, अगाडि बढेउ। अझै डगनमगाइ मेहेनत गर। तिमी जस्तै प्रतिनिधिको आवश्यक छ’ भन्नुहुन्छ।

हिजो तपाईँको उमेरलाई लिएर विश्वास नगर्ने बर्गलाई केही भन्नु हुन्छ?
जसलाई हामी केटाकेटी भन्छौं, फुच्ची भन्थ्यौं तिनीहरुलाई अवसर दिएको थिएन। त्यही फुच्चा/फुच्चीलाई विदेश पठाएर देश धानिएको छ। तर, लिडरसीप गर्ने मौका दिएनौं। छोरा/छोरीलाई नेता बन्नुपर्छ भन्ने सिकाइएन। यो ट्रेन्डलाई परिवर्तन गर्दैछु। उहाँहरुले मलाई साथ दिनुहुनेछ। source:पहिलोपोस्ट/सविन ढकाल

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.