इटहरी, ६ जेठ । इटहरी उपमहानगरपालिका–५ जनता बस्तीमा रहेको बिग्रिएको विद्युत् पोलको तार मर्मत गर्ने क्रममा अकस्मात विद्युत् प्रवाह भई करेन्ट लाग्दा विद्युत् कर्मचारीको मृत्यु भएको छ ।
विद्युत् प्रसारण कार्यालय, इटहरीमा कार्यरत फोरमेन इटहरी–८ निवासी ४८ वर्षीय प्रकाश पौडेलको शरीरमा करेन्ट लागेर गम्भीर घाइते भएका कर्मचारी पौडेललाई उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको इप्रका, इटहरीले जानकारी दिएको छ ।
मृतक पौडेलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र सो घटनाका विषयमा प्रहरीले छानबिन थालेको बताएको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.