माओवादी कार्यकर्ताको आक्रमणमा एमाले उम्मेद्वारका छोराको मृत्यु

दोलखा, वैशाख २७ – दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप हुँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

झडपमा एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका–१ जुँगुका अन्दाजी ३३ वर्षका राजेश भनिने कुल बहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको बुवा स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार हुनुहुन्छ ।

झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षक समेत रहेका गौरीशंकर गाउँपालिका–२ का दिल बहादुर बुढाथोकी घाइते हुनुभएको छ । घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडाैं रेफर गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार राति एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासिन्दाले जनाएका छन् ।

प्रहरीले भने घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ । झडपमा एमाले कार्यकर्ताले प्रयोग गरेको तीनवटा मोटरसाइकल र तीनवटा बोलेरो जीपमा समेत आगो लगाइएको छ ।
source:ujyaaloonline.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.