यी पाँच फिल्मभन्दा निकै पछाडि छ बाहुबलीः १८ गुणाभन्दा धेरै कमाउने यो फिल्म

जेठ १ – बाहुबली भारतमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको सूचीमा शीर्ष स्थानमा परेको छ तर यसले संसारको रेकर्ड भने तोडेको होइन । बाहुबली हलिउडका यी फिल्मबाट अहिले पनि निकै टाढा छ र उनीहरुसँगको टक्करमा निकै पछाडि छ ।

१. बाहुबली टुः

बाहुबली टु ले विश्वव्यापी रुपमा १२ सय करोड भारुको व्यापारा गरेको छ । यो पहिलो भारतीय फिल्म हो जसले कमाईको मामलामा बलिउडको हरेक फिल्मलाई नमज्जाले पछारेको छ । यो फिल्मले २ हजार करोडसम्मको कमाई गर्ने अनुमान गरिएको छ ।

२. अवतारः

हलिउडको फिल्म अवतारले सन् २००९ मा १७,९३२ करोडको व्यापार गरेको थियो । यो अहिलेसम्मको सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । यो फिल्मले बाहुबली टु को प्रतिस्पर्धामा १८ गुणा बढि कमाई गरेको थियो । अवतारको कमाईको रेकर्ड अहिलेसम्म कुनै पनि फिल्मले तोड्न सकेको छैन ।

३. टाइटानिकः

लियोनार्डो डिक्याप्रिया र केट विन्सलेटको फिल्म टाइटानिक कमाईको मामलामा अहिलेसम्म पनि दोस्रो स्थानमा छ । फिल्मले विश्वव्यापी रुपमा १४ हजार ६५ करोडको व्यापार गरेको थियो । यो फिल्म विश्व प्रसिद्ध टाइटानिक जहाज डुबेको वास्तविक घटनाको आधारमा बनाइएको थियो ।

४. द सिक्रेट लाइफ अफ पेट्सः

हलिउड फिल्म द सिक्रेट लाइफ अफ पेट्सले विश्वव्यापीरुपमा ५,६३० करोडको व्यापार गरेको थियो । यो फिल्मले कमाईको मुद्दामा शीर्ष ५० मा स्थान ओगटेको थियो । यो एनिमेटेड फिल्म जनावरको जिन्दगीमा बनेको छ ।

५. जुटोपियाः

ओस्कर विनिङ एनिमेटेड फिल्म जूटोपियाले विश्वव्यापी रुपमा ६, ५८४ करोडको व्यापार गरेको थियो । यो फिल्मले पनि कमाईको मामलामा शीर्ष ५० मा स्थान बनाएको थियो ।

६. फास्ट एण्ड फ्यूरियस एटः

विन डीजलको फिल्म फास्ट एण्ड फ्यूरियस एटले विश्वव्यापी रुपमा ७, ५०२ करोडको व्यापार गरेको छ । फिल्ममा जेसन स्थेटम, ड्वेन जोन्सन, विन डिजेल र चर्ली थेरोनको भूमिका रहेको छ । source: ratopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.