जापानबाटै मगाएको ९ लाखको बाइक चढ्छन् चर्चित गायक यशकुमार

यशकुमार – अहिले कुन सवारीसाधन चढिरहनुभएको छ ?
करिब ५ वर्षअघि ९ लाख रुपैयाँमा किनेको सुजुकी २०० सिसी क्षमताको मोटरसाइकल चढिरहेको छु । पावरफुल सेग्मेन्टको यो मोटरसाइकल सहरी क्षेत्रसँगै अफ रोडमा समेत चलाउन कुनै समस्या छैन । ५ वर्ष अवधिमा मोटरसाइकलबाट मैले सानोभन्दा सानो समस्या पनि भोग्नुपरेको छैन । मैले नेपालस्थित सुजुकीको अधिकृत बिक्रेतामार्फत जापानबाटै मोटरसाइकल मगाएको हूँ ।

कारको मूल्य हालेर मोटरसाइकल रोज्नुभएछ नि ?
हो, म मोटरसाइकलको सौखिन छु । मेरी श्रीमती गाडी चढ्छिन, तर मचाहिँ मोटरसाइकलमै यात्रा गर्न रुचाइरहेको छु । साखमा लामो यात्रामा निस्कन, दुर्गम क्षेत्रमा पुग्न पनि मोटरसाइकल मेरो सहयात्री भएको छ । मोटरसाइकल मेरा लागि अभिन्न अंग नै भएको छ । त्यसैले यसको सुरक्षामा विशेष ध्यान दिने गरेको छु ।

कति समयमा सर्भिसिङ गर्नुपर्छ र कहाँ गर्नुहुन्छ ?
मोटरसाइकल दौडिएको प्रत्येक २ हजार किलोमिटरमा सर्भिसिङ गर्नुपर्ने प्रावधान छ । तर, मैले यसको सुरक्षामा विशेष ध्यान दिँदै ५ सय किलोमिटर दौडिएपछि सर्भिसिङ गरिहाल्छु । सधैँ कन्डिसनमै राख्ने भएका कारण अहिलेसम्म दुःख पाएको छैन । प्रिमियम बाइक भएकाले जहाँ पायो त्यहीँ सर्भिसिङ गर्ने कुरा हुँदैन । पहिलेदेखि नै एउटा सर्भिस सेन्टरमा नियमित मर्मत गर्दै आएको छु । एकपटकमा १ हजार ८ सय रुपैयाँ जति सर्भिसिङ खर्च लाग्ने गरेको छ ।

मोटरसाइकलमा कहाँसम्म लामो यात्रा गर्नुभएको छ ?
म मोटरसाइकलमै मनाङ, पाल्पालगायत देशका दुर्गम क्षेत्रमा पुगेको छु । अबको केही समयमा नै मुस्ताङसम्म मोटरसाइकलमै जाने योजना बनाइरहेको छु । लामो यात्राका लागि मोटरसाइकल निक्कै आरामदायी छ । यसको पावर र पर्फर्मेन्स पनि सन्तोषजनक छ ।नयाँ पत्रिकामा खबर छ ।

एउटै मोटरसाइकल चढेको लामो समय भइसकेछ, अब फेर्ने सोचमा हुनुहुन्छ कि ?
होइन, यो मोटरसाइकल म तत्कालै परिवर्तन गर्दिनँ । जापानिज भएकाले अहिलेसम्म कुनै समस्या नदिएकाले फेर्ने सोच नै छैन । मेरा हरेक कदममा साथ दिएको मोटरसाइकल अझै लामो समय चढ्ने सोचमा छु ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.