सिन्धुली, जेठ ४ – सिन्धुलीको दुधौली नगरपालिकाका एकजना वडा सदस्यले दश कट्ठा खेत बेचेर पानी खुवाउने उद्घोष गर्नुभएको छ । दुधौली नगरपालिका वडा नम्बर ७ मा नवनिर्वाचित वडा सदस्य हरि अधिकारीले आफ्नो वडामा पानीको चरम समस्या भएको भन्दै त्यसको समाधानका लागि आफ्नो व्यक्तिगत जमिन बेच्न तयार भएको उद्घोष गर्नुभएको हो । नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित अधिकारीले नागरिकका दुःख पीडालाई नजिकबाट नियालेको र गाउँलेले भोग्दै आएको पानीको समस्या आफूले समाधान गर्ने बताउनुभएको हो ।
आफू विजयी भएकोमा सम्पूर्ण वडाबासीलाई बधाई र धन्यबाद दिँदै उहाँले भन्नुभयो ‘तपाईहरुको तर्फबाट गर्नुपर्ने जति गर्नुभयो । मलाई भोट दिएर जिताउनुभयो । अब मैले तपाईहरुका लागि गर्ने बेला आएको छ । यहाँको पानीको समस्या समाधान गर्न कुनै कसर बाँकी राख्ने छैन । त्यसका लागि म १० कट्ठा खेत बेचर भए पनि खानेपानीको समस्या समाधान गर्छु ।’
दुधौलीको वडा नम्बर ७ स्थित डम्बरखाडी टोलका एकसय भन्दा धेरै घरधुरी खानेपानीको समस्या भोग्दै आएका छन् । हिँउद महिना लागेसँगै पाखामा पानि सुक्ने भएकाले यस क्षेत्रका बासिन्दा झण्डै २० मिनेटको उकोलो बाटो पानी बोकेर लाने गरेका छन् । पटक पटक विभिन्न संस्था र गाविस, नगरपालिका लगायतमा यसबारे ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि गाउँले निराश भएका थिए । नवनिर्वाचित वडा सदस्य अधिकारीले उम्मेद्वारी दर्ता गराएसँगै गाउँलेलाई पानी खुवाउने बताएकाले वडा सदस्य अधिकारीलाई भोट हालेर जिताएको गाउँलेले बताएका छन् ।
अहिलेसम्म नेकपा एमालेले जित्दै आएको यस ठाउँमा पहिलो पटक कांग्रेस विजयी भएको हो । एमालेको वर्चस्व रहँदै आएको यस क्षेत्रमा जित्नु निकै चुनौतिपूर्ण हुँदा हुँदै पनि आफू विजयी भएकोले नागरिकको मतलाई खेर जान नदिइै काम गर्ने उहाँले दाबी गर्नुभयो । वडा सदस्य अधिकारी भुतपूर्व भारतीय गोर्खा आर्मी हुनुहुन्छ ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.