छतमै फल्छन यसरी तरकारी : ब्यवसायी भन्छन तरकारी नकिनेकै ३ बर्ष भयाे

इटहरी । मनमा उमंग , जाेस र हातमा सिप छ भने गरे के हुन्न भन्ने गतिलाे उदाहरण बनिनुभएकाे छ साविक इटहरी १ का ब्यवसायी गाेपिरमण दहाल । उहाँ उमेरले मात्रै ५ दशक कटिसक्नुभएकाे छ तर मनमा जाेस र जागर भने तन्नेरी अवस्थाका युवाहरू भन्दा कम देखिदैनन । ब्यवसायबाट समाजमा ख्याती कमाइसक्नुभएका दहालले बिगत ४ बर्षदेखि अाफ्नै घरकाे छतमा तरकारी र फलफुल खेती गरी समाजमा उदहारण प्रस्तुत गरिरहनुभएकाे छ । हातमा सिप र पाैरख गर्नेलार्इ कुनै उमेरले छेक्दैन भन्ने गतिलाे उदहारण बनिनुभएकाे छ इटहरी निवासी गाेपिरमण दहाल ! यति मात्र नभइ भुर्इ खेत नभएका सहरियाहहरूकालागि समेत कसरी छतमा तरकारी तथा फलफुल लगाउने र उत्पादन गरेर बजार सम्म पूर्याउने बिधिबारे ज्ञानका कुराहरू बाडदै हिडनुहुन्छ दहाल ।
इटहरीकाे मुख्य चाैकदेखी करिब ३०० मिटर पश्चिमस्थित अमृता किराना स्टाेर लेखिएकाे तिनतले घरकाे छतमा गएर अवलाेकन गर्नेहरू जाे काेहिलेपनि त्यहा लगाइएकाे करेसावारीकाे खुलेरै प्रसंसा गरेकाे पाइन्छ । झ्याम्म परेको बोटमा लटरम्म फलेका कागती, लरक्क परेका लहरामा फलेका लौका र फर्सी भान्सामा चाहिने धेरै प्रकारका सब्जी त्यहाँ प्रत्यक्ष फलिरहेको देख्न पाइन्छ । अमृता किराना पसलका सञ्चालक समेत रहेका दहाल फुर्शदकाे बेला छतमा लगाएकाे त्यही करेसाबारीमा भेटिन्छन । त्यहा देख्दा उनि कहिले घरेलु अाैजार बाेकेर केही खाेतलिरहेका हुन्छन भने कहिले पानि हाल्दै गरिरहेका भेटिन्छन ।
त्याे संगै उनमा भएकाे जाेस जागर र उत्साह करेसाबारीमा झल्किएकाे देख्न पाइन्छ । किराना पसल गर्दागर्दै बचेकाे समयलार्इ सदुपयाेग गर्दै केहि गराै भन्ने मनसायले छतमा तरकारी संगै फलफुल लगाउन थालेकाे र बिस्तारै सफलता पाउन थालेकाे ब्यवसायी दहाल बताउनुहुन्छ । करिब ७ धुर (१२७५ ) स्क्वायर फिट क्षेत्रफलमा लगाइएकाे तरकारी तथा फलफुल खेतीले उहाकाे दिनचर्या समेत बदलिएकाे देख्न पाइन्छ । छतमै तरकारी खेति गरेदेखि करिब ३ बर्ष भयाे बजारबाट किन्नुपरेकाे छैन पाैरखी दहाल भन्नुहुन्छ । छतमै फलाइउकाे तरकारीहरू मध्ये एउटा करेला अाधा किलाे सम्म्काे उथत्पादन हुने गरेकाे र फलफुलमा अम्बा ८ सय ग्राम सम्म उत्पादन हुने गरेकाे उहाँ थप्नुहुन्छ ।निकट भविष्यमा छतमा ब्यस्थित तरिकाले ग्रिन हाउस सहित तरकारी खेति काे सुरूवात गरिने पनि दहाल बताउनुहुन्छ ।
सामान्यतय सिमेन्टकाे छतमा तरकारी खेती गर्दा माटाे संगै गमला अादीकाे अावस्यक पर्छ तर उहाले माछाका ५० बढी किरेटमा माटाे हालेर शुद्ध अर्गानीक तरकारीहरू उत्पादन गर्दै अाइरहनुभएकाे छ । यसाे गर्दा एक त कम लगानी , समयकाे बचत र स्वास्थ्यमा समेत सकरात्मक उर्जा उत्पन्न हुने पाैरखी दहाल बताउनुहुन्छ । श्रीमती छोरावुहारी र नातिनीहरू सहित ७ जनाकाे परिवार रहेकाे उहाकाे भान्सामा पुग्ने तरकारी छतमै उत्पादन हुने गरेकाे छ । यता ५ दशक कटिसकेका अाफ्ना बाबाकाे जाेस र उत्साह देखेर घरका परिवारहरू समेत दंग परेका छन । पसलमा बस्दाबस्दै एकाएक माटाे बाेकेर छतमा फिजाएकाे देख्दा एकछिन त श्रीमती कलादेखी दहालपनि तिन छक्क परेकाे बताउनुहुन्छ तर बिस्तारै यस्ताे हुन्छ भनेर अाफुले एकमनमा पनि नसाेचेकाे श्रीमती कमला थप्नुहुन्छ ।
उहापनि अाफ्नाे श्रीमानकाे जाेस र उत्साह देखेर छक्क पर्नुहुन्छ । पाकाे उमेरमा त्यतिकै घरमै बसिरहनुभन्दा केही गरेकाे राम्राे भन्दै छतमै तरकारी खेती सुरू गरेकाे र अहिले यहाँ उत्पादन भएका तरकारीहरू घरकाे भान्सामा पुग्नुकाे साथै छरछिमेकमा समेत किनबेच हुनेगरेकाे पाैरखी गाेपीरमण दहाल बताउनुहुन्छ । बजारको विषादीयुक्त सब्जीले रोग बढाउनुको साटो भुइँ करेसाबारी नभएका सहरिया बासिन्दाका लागि दहालकाे छतमा लगाइएकाे करेसावाली नमुना बनेकाे छ । कती छिमेकीहरूले त उहाकै करेसाबारी हेरेर र उहासंगै ज्ञान लिएर छतमै तरकारी लगाउन थालिसकेकाे दहाल बताउनुहुन्छ । दहालले लगाउनुभएकाे तरकारी वालीमा लाैका , फर्सी , साग , करेला , घिराैला , काक्रा , कागती , स्टबरी , लगायत उत्पादन हुदै अाएका छन भने फलफुलमा अनारस , अम्बा , लगायत उत्पादन हुदै अाएका छन । source:etajakhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.