यसरी १५ मिनेटमै हटाउनुस् अनुहारको रौं सधैँका लागि, मात्र यी ३ घरेलु सामाग्रीको प्रयोगबाट

एजेन्सी – धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् ।
शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् । जसले तपाइँको रौं लाई केहि दिनको लागि मात्र हटाउन मद्धत गर्दछ । तर आज हामी तपाइँलाई अनुहारको रौं को समस्याबाट सधैंको लागि छुट्कारा दिलाउने प्राकृतिक घरेलु उपायबारे जानकारी दिन्छौं ।
यस उपायमा प्रयोग हुने सामाग्रीहरुमा पौष्टिक तत्व ( भिटामिन ) , खनिज पदार्थहरु प्रशस्त मात्रामा पाईनुका साथै यसमा एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसको प्रयोगबाट छालामा चमक आउनुको साथै छाला स्वस्थ हुने गर्दछ । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग छाला भएको कारणले गर्दा छालामा हामीले जे प्रयोग गरेपनि यसलाई रगतले सिधै सोस्दछ ।

सामाग्रीहरु :
१) २ चम्चा मह
२) १ चम्चा जौ को धुलो
३) २ चम्चा कागतीको रस

बनाउने विधि :
मथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि मिश्रणलाई रौं हटाउनुपर्ने ठाउँमा दल्नुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले पखाल्नुहोस् । तपाइँले यसको प्रयोग गर्दा अनुहारमा क्रिम पनि लगाउन सक्नुहुन्छ । यस विधिलाई हप्तामा २–३ पटक प्रयोग गरी एक महिनापछि पुन : यस विधिलाई अपनाउनुहोस् । तपाइँको अनावश्यक रौं सधैंको लागि हट्नेछ ।
यस विधिबाट कुनै पिडा नहुने हुँदा तपाइँले यसको प्रयोग सजिलै गर्न सक्नुहुन्छ । यस विधिको जाँचको लागि सबैभन्दा पहिला हातमा लगाएर हेर्नुहोस् र कुनै प्रकारको जलन नभई राम्रो असर देखिएमा मात्र यसलाई अनुहारको छालामा प्रयोग गर्नुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने , विशेषज्ञको सल्लाह लिएर मात्र यस विधिको प्रयोग गर्नुहोस् ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु र अनलाइनबाट साभार गरिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा बिशेसज्ञको सल्लाह लिनुहोला ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.