पोर्न फिल्म बनाउने थाहा पाएपछि किम जोन अाफैले गराएका थिए प्रेमिकाको हत्या !

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोन उनको रहस्यमय संसारको एउटा महत्वपूर्ण हिस्सा हुन उनकी पत्नी रि सोल जू । अहिलेसम्म कसैलाई पनि थाहा छैन कि उनीहरुको बिबाह कहिले र कसरी भयो ? सन् २०१२ मा अचानक किम जोन एक सुन्दरी युवतीसँग देखापरे र यसको केही दिनपछि उत्तर कोरियाका सरकारी सञ्चार माध्यमहरुले ती सुन्दरी महिला किम जोनको पत्नी भएको घोषणा गरे । उनको नाम रहेछ रि सोल जू । उनी एक चियर लिडर समेत थिइन् ।

– उनको जन्म २८ सेप्टेम्बर १९८९ मा भएको हो । उनी २००५ को एसिएन एथलिट च्याम्पियनशीपको क्रममा उत्तर कोरियाको राजधानी प्योंगयांग आएकी थिइन् । त्यतिबेला उनी ९० जना चेयरलिडरको समूहमा थिइन् ।

– यही क्रममा किम जोन उनको नजर उनीमाथि लाग्यो । किम रि सोल जूको सुन्दरतामा फिदा भए । किमसँग काम गर्ने एक व्यक्तिका अनुसार किमले उनलाई भेटेर उनको सुन्दरताको प्रशंसा गरिहाले ।

– रि सोलको तारिफको क्रममा किमले उनी एकदमै सुन्दर भएको र उनको आवाज यति मिठो छ कि बयार नै गर्न सकिँदैन भनेका थिए ।

– भनिन्छ, किमको विवाह २००९ मा उनको पिताले नै रि सोलसँग गराएका थिए र २०१० मा उनीहरुबाट एक छोरी पनि जन्मिएकी थिइन् । यद्यपि, यो कुराको अहिलेसम्म औपचारिक पुष्टि हुन सकेको छैन ।

अर्केस्ट्रा गाउँथिन उनी

उत्तर कोरियाका सञ्चार माध्यमहरुमा त रि सोल जूको बारेमा एकदमै कम मात्र समाचारहरु आउँछन् । विदेशी सञ्चार माध्यमहरुमा मात्र उनको बारेमा केही जानकारीहरु उपलब्ध छन् । दक्षिण कोरियाका सञ्चार माध्यमहरुको रिपोर्टहरुका अनुसार, रिकी आमा डाक्टर र पिता प्रोफेसर हुन् ।

– उनले उत्तर कोरियाको राजधानी प्योंगयांगमा नै क्याम्पस तहको पढाई पूरा गरिन् र चीनमा गायनकला सम्बन्धी तालिम लिइन् । किम जोनसँग विवाह हुनुभन्दा पनि उनी अर्केस्ट्रा सिंगर थिइन् ।

– भनिन्छ, विवाहपछि किमले विगतका रेकर्डहरु सबै मेटाउन प्रयास गरेका थिए ताकि उनकी पत्नी पहिला अर्केस्ट्रा गायिका थिइन् भनेर कसैलाई थाहा नहोस् ।

गर्लफ्रेन्डकै गराइदिए हत्या

मिडिया रिपोर्ट्सका अनुसार, किमकी की ह्योन सोंग-वोल नाम गरेकी एक प्रेमिका पनि थिइन्, जो पेशाले गायिका थिइन् । उनी उक म्युजिकल ग्रुप पनि चलाउँथिन् । बेलायती सञ्चारमाध्यम ‘डेलीमेल’मा प्रकाशित रिपोर्टका अनुसार ह्योन सम्बद्ध म्यूजिकल ग्रुप पोर्न फिल्म बनाउँथ्यो ।

– जब यो कुरा किम जोनले थाहा पाए तब उनले ह्योनलगायत उनको पूरै म्युजिकल ग्रुपलाई गोलीले उडाइदिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.