रञ्जु दर्शना भन्छिन् : कलाकारलाई भन्दा मलाइ गाह्रो भैसक्यो

काठमाडौं, जेठ ६– महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर चर्चामा आएकी विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शनाको चर्चा झनै चुलिदै गएको छ । ठूलो तामझामविना कलिलै उमेरमा पुराना र निकै खारिएका नेताहरुसँग चुनावमा होमिँदा उहाँलाई धेरैले कर्के नजरले पनि हेरे ।
तर जव मतगणना सुरु भयो उनको चर्चा झनै चुलियो । हिजोआज उहाँको चर्चा दिनदिनै बढ्दै छ । कारण हो, उहाँले पाएको भोटले ठूला दलको टाउको दुखाएको छ । सानै उमेरमा काठमाडौं महानगर हाँक्न सक्छु भनेर चुनावमा होमिएकी रञ्जु दर्शनाको क्रेज निकै बढेको छ । आमा र हजुरआमा उमेरका अँगालो मारेर रोएका दृष्यले सबैको ध्यान तानेकी रञ्जुलाई हिजोआज बाटो हिड्न पनि गाह्रो हुन थालेको छ ।

रञ्जुले कुनै गल्ती गरेर या चुनावमा मुखै देखाउन नमिल्ने गरि थोरै भोट ल्याएको कारणले बाटो हिड्न गाह्रो भएको होइन । बरु उहाँको क्रेजले बाटोमा सेल्फी खिच्ने र अटोग्राफ माग्नेको भिडले बाटो हिड्न पनि गाह्रो हुन थालेको छ ।
‘अहिले त मलाई बाटोमा हिँडदा पनि तपाइँ रञ्जु दर्शना होइन ? प्लीज सेल्फी हानुम न भन्दै धेरैजनाले पछ्याउँछन्’ रञ्जुले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘कलाकारपछि अहिले मान्छेको क्रेज म मा छ जस्तो लागेको छ, यसअघि कुनै पनि नेतामा यस्तो क्रेजी थिएन होला ।’
आफू र नयाँ दलहरुप्रती नागरिकले देखाएको यो क्रेज ठुला दलहरुलाई निकै ठूलो चुनौती भएको रञ्जुको भनाई छ । काठमाडौंमा आएको मतले नयाँ पार्टी र नेतृत्व खोजेको र आफुहरुले यसलाई नयाँ अवसरको ढोका खुलेको संकेतका रुपमा लिएको उहाँले उज्यालो अनलाइनलाई बताउनुभयो ।

Source: उज्यालो अनलाइन

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.