मकवानपुरमा सुरक्षाकर्मी र अज्ञात समुहबीच दोहोरो गोली हानाहान भएको छ। शनिबार राती करिब १० बजे मकवानपुरको हाँडीखोला बुथकेन्द्र नजिकै दोहोरो गोली हानाहान भएको हो।
गोली हानाहानबाट कुनै मानवीय क्षति भने भएको छैन।
हाँडिखोलामा नेकपा (माओवादी केन्द्र) का वडाध्यक्षका उम्मेदवार रामकुमार उप्रेती अपहरणमा परेपछि उनलाई खोज्ने क्रममा गोली चलेको बताइएको छ। सुरक्षाकर्मीलाई गोली चलाउने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुनसक्ने आशंका गरिएको छ। nepalkhabar.com
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.