दाहसंस्कार र किरिया गरिएका सुवास जिवितै नेपाल आइपुगे

काठमाडौं, जेठ १२ – मृत्यु भइसकेको ठानेर परिवारले दाहसंस्कार र काजकिरिया गरिसकेका भोजपुरको षडानन्द गाउँपालिका २ का सुवास तामाङ शुक्रबार नेपाल आइ पुग्नु भएको छ ।

साउदी अरब पुगेको झण्डै तीन महिना पछि अर्थात २०७२ साल असार २४ गते भएको सडक दुर्घटनामा परी सुवास गम्भीर घाइते हुनुभएको थियो । परिवारलाई पैसा पठाउन जाने क्रममा सुवास सहित पाँच जना नेपाली कामदार दुर्घटनामा परेका थिए ।

तीमध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइते दुई जनालाई अस्पताल लगिएको थियो ।
दुर्घटनामा सुवास र वाग्लुङका तेजेन्द्र भण्डारी गम्भीर घाइते भएका थिए । तेजेन्द्र अवैधानिक रुपमा साउदीमा काम गर्नुहुन्थ्यो ।

घाइते भएपछि दुवै जनाको अनुहार चिन्न नसकिने भएको थियो । बोल्न पनि नसक्ने अवस्थामा थिए ।
गम्भीर घाइतेमध्ये तेजेन्द्रको अस्पतालमा पुर्‍याएको भोलीपल्ट ज्यान गएको थियो ।

तेजेन्द्रको ज्यान गए पनि सुवासको मृत्यु भएको ठानिएको थियो । अस्पतालले पनि सुवासको मृत्यु भएको भन्ने जानकारी कम्पनीलाई गराएको थियो । तेजेन्द्रको काजकिरिया सुवासका परिवारले गरे

शव पहिचान हुन नसकेपछि सोधपुछका आधारमा सुवास तामाङको मृत्यु भएको भन्ने निष्कर्षमा अस्पताल पुगेको थियो । त्यसै अनुसार प्रहरी र मेडिकल रिर्पोट सुवास तामाङको नाममा बनाइएको थियो ।

त्यही कागजपत्रको आधारमा साउदी स्थित नेपाली दूतावासले शव नेपाल पठाउन ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी दिएको थियो । साउदी सरकारले दिएको कागजपत्रलाई आधिकारीक मान्दै दूतावासले एनओसी दिएको हो ।

र नेपालमा सुवास तामाङको परिवारले शव बुझेर दाह संस्कार र काजकिरिया गरे । साउदीबाट पठाइएको कागजपत्रका आधारमा परिवारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र बीमा कम्पनीबाट आर्थिक सहायता समेत लिइसकेका छन् ।

अस्पताल भर्ना भएको ३/४ महिना पछि जिवित भनिएका तेजेन्द्र भण्डारीको अनुहार निको हुँदै थियो । अनुहार चिनिने र बोल्न थालेपछि कम्पनीमा काम गर्ने नेपालीहरुले जिवित भएका बिरामी तेजेन्द्र नभई सुवास भएको पत्ता लगाएका थिए । उनीहरुले कम्पनी, नेपाली दूतावास र परिवारलाई समेत यस बारेमा जानकारी गराएका थिए ।

यसरी नेपाल फर्काइयो
सुवास जिवितै रहेको जानकारी पाएपछि परिवारले रामेछापको मन्थलीमा रहेको सुरक्षित आप्रवासन सूचना केन्द्रमा निवदेन दिएका थिए ।

निवेदनको आधारमा सुवासलाई नेपाल फर्काउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन सहयोग गर्नका लागि काठमाडौंमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर)मा घटनाबारे जानकारी पठाइएको थियो ।

त्यसैका आधारमा साउदीमा रहेको नेपाली दूतावास मार्फत सुवासलाई नेपाल फर्काउन पहल गरिएको सिएमआइआरका कार्यक्रम अधिकृत बसन्त घिमिरले जानकारी दिनुभयो ।

साउदीको कम्पनीसँग क्षतिपूर्तिका लागि सम्झौता गर्न, कागजपत्र तयार गर्न समय लागेकाले सुवासलाई फर्काउन ढिला भएको उहाँले बताउनु भयो ।

तेजेन्द्रको परिवारले झण्डै साढे चार लाख क्षतिपूर्ति पाउने
सुवासको परिवारले दाहसंस्कार गरेका तेजेन्द्रको परिवारले १५ हजार रियाल (झण्डै साढे चार लाख रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् ।

साउदी अरबस्थित हुण्डाई कम्पनीले मृतकका परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । साउदीस्थित नेपाली दूतावासले कम्पनीसँग समन्वय गरेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो । उज्यालो अनलाइन बाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.