१६–१७ वर्षका तीन जना केटीसहित यौन धन्दा संञ्चालक प्रक्राउ

नवलपरासी, २७ वैशाख । नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा आफ्नै घरमा किशोरिहरु राखेर स्थायी रुपमा यौन धन्दा सञ्चालन गरेको तथ्य फेला परेको छ । देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य फेला परेको हो । । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । देहव्यापारमा संलग्न १६ – १७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ । पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ । एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् ।

गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ । चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ ।
साभार :- hamrosandesh.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.