हत्याको विरोधमा उत्रियो एमाले, ८ जना पक्राउ, ‘हत्यारा’विरुद्ध किटानी जाहेरी

रवीन्द्र गौतम (इमेज): दोलखा, वैशाख २७ । आफ्ना कार्यकर्ता हत्याको विरोधमा नेकपा एमाले दोलखाले सदरमुकाम चरिकोटमा बुधबार प्रदर्शन गरेको छ ।
एमाले सांसद आनन्द पोखरेल र पार्वत गुरुङको नेतृत्वमा निकालिएको विरोधर्‍यालीमा सहभागीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् ।

विरोधर्‍याली सातदोबाटोबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय दोलखामा पुगेको थियो ।

अनुसन्धानका लागि बुधबार बिहान जुँगु पुगेको दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीको टोलीले शंकास्पद ८ जनालाई पक्राउ गरी थुनामा राखेको छ ।

घटनामा संलग्न जोसुकै भएपनि हदैसम्मको कारबाही गर्ने प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन् ।

मृतकका आफन्तहरुले बुधबारै ‘हत्यारा’विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका छन् ।

मंगलबार राति ९ बजेतिर दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर–२ जुँगुमा माओवादी कार्यकर्ताको आक्रमणबाट ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।

मृतक तमाङ केही दिनअघिमात्रै माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी, झडपकाक्रममा गौरीशंकर गाउँपालिका वडा नम्बर–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् ।

घाइते बुढाथोकीको काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.