चुनावमा उठेकी सासुआमालाई धुर्मुस-सुन्तलीले किन सहयोग गरेनन् ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा यसपाली कलाकारका आफ्न्त र स्वयं कलाकार पनि मैदानमा छन् ।
यसक्रममा हाँस्यकलाकर कुञ्जना घिमिरे ‘सुन्तली’की आमा तथा सीताराम कट्टेल ‘धुर्मुस’की सासु सीतादेवी घिमिर ललितपुरको गोदावरी नगरपालिकामा नेकपा माओबादी केन्द्रबाट उपमेयरको उम्मेदवार छिन् ।
उनले आफ्नो मन वचन कर्मले विहिबार (मौन अवधि सुरु हुनुअघि)सम्म गोदावरी नगर क्षेत्रका विभिन्न ठाउम भोट मागिन् । भोट माग्न पार्टीका कार्यकर्ताहरुले उनलाई सघाए । तर, आफ्नै छोरीज्वाँई सुन्तली र धुर्मुसले कुनै सहयोग गरेनन् ।

यतिसम्म एकपटक पनि चुनावी प्रचार प्रसार अभियानमा देखिएनन् । त्यसो त सीतादेवीले छोरीज्वाईलाई अनुरोध नगरेको पनि होइन् । तर, मान्दै मानेनन् । आफूहरु कुनै पार्टीमा नलागेको भन्ने जवाफ दिँदै आफै भोट माग्न सुझाव दिएका रहेछन् ।
सासुआमाको चुनावमा किन सहयोग नगरेको भन्ने प्रश्नमा धुर्मुसले आफू स्वतन्त्र नागरिक, स्वतन्त्र कलाकार भएकोले कुनै दल बिशेषको चुनावी प्रचारमा नजाने र सासुआमाकोमा पनि जान नसकिएको स्पष्ट पारे ।
यद्यपी उनले सासुआमाका लागि फोनमार्फत नजिकमा आफन्त र चिनेका केही ब्यक्तिसँग भोट मागिदिएको बताए ।

दैनिक नेपाल

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.