विदेशबाट फर्किंदा के-के समानमा भन्सार लाग्दैन! त्रिभुवन विमानस्थलमा टाँगिएको सूचना सहित

६ जेठ, काठमाडौं
तपाई विदेशबाट स्वदेश फर्कंदा आफूलाई मन परेका सामानहरु किनेर र्फकँदै हुनुहुन्छ ? थाहा पाइराख्नोस् त्रिभुवन विमानस्थलमा तपाईले के-के सामान विना भन्सार छिराउन पाउनुहुन्छ र के कस्ता सामानमा भन्सार तिर्नुपर्छ ?

विमानस्थलको आगमन कक्षमा तपाई एकैछिन उभिनुभयो भने विदेशबाट फर्किएका अधिकांश नेपालीले ठूला टेलिभिजन ल्याएको देख्नुहुन्छ । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किँदा एलइडी टेलिभिजन ल्याउनु समान्य जस्तै भएको छ ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई ३२ इञ्चसम्म्को टेलिभिजनमा एक रुपैयाँ पनि भन्सार शुल्क लिने गरेको छैन । सरकारले टेलिभिजनमा मात्रै होइन, विदेशबाट फर्किंदा ल्याइने धेरै व्यक्तिगत प्रयोजनका मालसामानमा भन्सार छुटको व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढंगानाले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत प्रयोजनका निजी गुन्टा र झिटी भारीका लागि यस्तो व्यवस्था गरिएको हुन्छ । यसरी दिइने भन्सार छुटको फाइदा उठाउनेको संख्या पनि ठूलो छ ।

नेपाल आउँदा ३२ इञ्चसम्मको टेलिभिजन ल्याउन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने व्यवस्था छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ ।

विदेशबाट तोकिएको परिमाणमा सुन पनि ल्याउन पाइन्छ । सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गरगहना पाँचसय ग्रामसम्म तथा ३० हजार नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरगहनामा कुनै भन्सार शुल्क तिर्नु पर्दैन ।

त्यस्तै ५० ग्राम भन्दा बढी र ३ सय ५० ग्रामसम्म सुन र १ किलोग्रामसम्म चाँदी ल्याएमा भने तोकिएको समदर भन्सार शुल्क तिर्नुपर्छ । यो भन्दा बढी सुनचाँदीको भन्सारपास नहुने भएकाले धेरै सुन बोकेमा जफत हुनसक्छ । यी सुविधा पाउन पनि सामान ल्याउने व्यक्ति ६ महिना भन्दा बढी विदेशमा बसेको हुनुपर्ने प्रावधान छ ।

यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पनि भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन ।

विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

यस्तै चार किलोग्रामसम्म खाद्यान्न ल्याउन पनि कर लाग्दैन भने १.१५ लिटरसम्मका मदिरा बोक्नेले पनि भन्सार तिर्नुपर्दैन ।

समदरमा भन्सार तिरेर ल्याउन पाइने सामान

६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोएकिो भन्सार भने तिर्नुपर्छ ।

१५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ ।

घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ल्याउन सक्छन् । यो भन्दा बढी समाग्री ल्याएमा झिटी गुण्टा नमानिने भएकाले व्यवसायिक रुपमा भन्सार तिरेर पास गराउनुपर्ने भन्सार महानिर्देशिक ढंगानाले बताए ।
अन्लाईन बाट साभार

http://ift.tt/2rxJfzp
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.