रङ नम्बरका कारण एसिड हमलाकी पिडितले भेटिन् जीवन साथी

बिबिसी

मुम्बई, जेठ १२ – भारतमा एसिड हमलाकी पिडित ललिता बेन बन्सीले यसै हप्ता विवाह गरेकी छिन् ।

थानेमा भएको विवाह समारोहमा हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनिन्, ‘एसिड हमला, त्यसपछि १७ वटा अपरेसन । कसले सोचेको थियो होला मैले पनि माया पाउँछु भनेर ? तर, यो सम्भव भयो ।’

उनले आफ्नो जीवन साथी रवि शंकर भेट्टाउनु पछाडि पनि रोचक कहानी छ । समाचारमा उल्लेख भए अनुसार एउटा रङ नम्बरको कारण दुवैको भएको थियो ।

२६ वर्षीय ललितालाई सन् २०१२ मा आफ्नै परिवारका सदस्यले एसिड प्रहार गरेका थिए । त्यसपछि पनि माया पाउनु उनी चमत्कार भएको बताउँछिन् ।

विवाह समारोहमा विवेक ओबेरोयलगायत कयौँ बलिउड कलाकारहरु उपस्थित थिए । विवेकले रविलाई ‘असली हिरो’ को संज्ञा दिए । उनले ललितालाई उनको असली हालतमा माया दिएकोमा तारिफ गरे ।

‘मलाई शुरुदेखिनै उनी मनपर्यो,’ सिसिटीभी कम्पनीमा काम गर्ने २७ वर्षीय रवि भन्छन् ।

भारतमा हरेक वर्ष १ हजारभन्दा बढी एसिड हमला हुने गरेका छन् । जसमध्ये धेरै मामिला प्रहरीसम्म पुग्दैन ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.