विश्लेषकले प्रचण्डलाई यस्तो अंक दिए, विकासमा नयाँ बिहानी आएको भनाई

काठमाडौं, जेठ १२ – राजीनामा दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको थियो, ‘विकास र सपना भाषणमा मात्रै होइन तथ्याङ्खमा हेर्नुपर्छ, त्यो मैले देखाएको छु ।’ प्रधानमन्त्रीले राजीनामा दिँदा भाषण र सपनाका कुरा मात्रै नगरी तथ्यमा आधारित कुरा गरेको र कार्यकालमा नराम्राको तुलनामा राम्रो काम गरेको भनेर तारिफ भएको छ ।

गएको साउन १९ गते निर्वाचिन भएका प्रधानमन्त्री प्रचण्ड भारतको इशारामा प्रधानमन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा लम्पसारवादीको ट्रेन्ड पनि चलेको थियो । स्थानीय चुनाव प्रचण्डको कार्यकालमा हुनै नसक्ने र फास्ट ट्रयाक भारतलाई सुम्पिन सक्ने भन्दै चर्को आलोचना भएको थियो । तर प्रचण्डले पहिलो चरणको चुनाव पनि गराउनुभयो र काठमाडौं निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएर आरोपको जवाफ कामबाटै दिनुभयो ।

फास्ट ट्रयाकको उद्घाटन प्रधानमन्त्री दाहालले केहीदिनमा आफै गर्दैहुनुहुन्छ । भारतसँग चिसिएको सम्बन्ध सन्तुलनमा ल्याएको र ओबिओआर सम्झौतामा हस्ताक्षर गरेर चीनसँगको सम्बन्ध पनि सुमधुर बनाएकोमा धन्यवादका पात्र बन्नुभयो । तराइमा बलेको आगो विस्तारै निभाएर मधेसी दललाई चुनावमा जाने वातावरण बनाएको पनि प्रचण्डको दावी छ ।

लोडसेडिङको अन्त्य, २५ वर्षयताकै सबैभन्दा ठूलो आर्थिक बृद्धि, १२ वर्षयताकै कम मुल्यबृद्धिदर, विदेशी लगानी भित्र्याउन ऐन संशोधन र लगानी सम्मेलन गरेर १३ खर्बको लगानी प्रतिबद्धता भित्राएको, सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याएको र सबैभन्दा महत्वपूर्ण काम स्थानीय तहको चुनाव गराएर प्रचण्डले विगतका गरेका नराम्रा कामलाई पनि छायाँमा पारेका छन् । त्यस्तै राजनीतिमा अहिलेसम्म सहमती र नैतिकतामा खडेरी देखिएको तर आफूले त्यसलाई चिरेको प्रचण्डको दावी छ । सामाजिक सञ्जालमा नेकपा एमालेका कार्यकर्ताले पनि प्रचण्डको तरिफ गरेको छन् ।

तर प्रहरी महानिरीक्षक नियुक्तीमा राजनितीकरण गरेको, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर न्यायालयलाई कब्जामा लिन खोजेको, चीनका राष्ट्रपतिको नेपाल भ्रमण गराउन नसकेको लगायतका कामले प्रचण्डको उचाइ धुमिल्यायो पनि । अनि संविधान संशोधनमा असफल र मधेसी मोर्चासँगको विवाद पुरै समाधान नभएको, एक चरणको मात्रै चुनाव गराएर दोस्रो चरणको चुनावबाट पञ्छिन खोजेको पनि आरोप लागेको छ ।

प्रधानमन्त्रीको कार्यकाललाई कसरी हेर्नुहुन्छ भनेर हामीले केही विज्ञ÷विश्लेषकका प्रतिक्रिया लिएका छौं ।

प्रचण्ड धन्यवादका पात्र हुनुभयो : डाक्टर पिताम्बर शर्मा

मैले प्रधानमन्त्री प्रचण्डको कार्यकाल सफल भएको ठान्छु । उहाँको मुख्य मिसन भनेको स्थानीय तहको चुनाव गराउनु थियो । त्यो एकहदसम्म सफल भएको छ । त्यो बाहेक उर्जाको क्षेत्रमा, ओविओआर सम्झौता, फास्ट ट्रयाकको सम्झौता भयो, हुलाकी राजमार्गको निर्णय भयो, बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्यो, स्वास्थ्य क्षेत्रमा पनि काम भएका छन् । यसपालि उहाँले निकै प्राथमिकतासाथ काम गर्नुभयो । दोस्रो चरणको चुनाव पनि गराएको भए झनै राम्रो हुन्थ्यो तर अहिलेसम्म गरेका काम पनि राम्रा छन् । मेरो विचारमा कामको मुल्याङ्कन गर्ने हो भने प्रचण्ड धन्यवादका पात्र हुन् ।

अर्को कुरा जुन सम्झौता उहाँले नेपाली कांग्रेससँग गर्नुभएको थियो, उहाँले त्यो पालना गरेर इमान्दारिता र नैतिकता पनि देखाउनुभएको छ । राजिनीतिमा नैतिकता पनि हुन्छ भन्ने उदाहरण दिनुभयो, त्यस हिसावमा पनि उहाँ सफल प्रधानमन्त्री हो ।

राम्रा काम गरेर प्रचण्डले अब आउने सरकारलाई चुनौती पनि दिनुभएको छ । अब आउने सरकालाई पहिलो चुनौती भनेको दोस्रो चरणको चुनाव गराउनु हो । त्यस्तै अहिले प्रचण्डले जुन रुपले भारत र चीनसँग सन्तुलित विदेश नीति अपनाउनुभएको छ, त्यसैलाई पनि निरन्तरता दिनु अर्को चुनौती हो । उर्जाका ठूला ठूला परियोजनालाई निरन्तरता दिने, स्वास्थ्य क्षेत्र लगायतमा जुन काम प्रचण्ड सरकाले गर्‍यो त्यसलाई कायम राख्नुप¥यो । र प्रचण्ड सरकारले गरेका काम मानक बनेर बस्नेछन् ।

उहाँका कार्यकालमा केही विवादित कुरा पनि भए तर प्रचण्ड नेतृत्वको सरकारलाई १ सयमा ७५ अंक भन्दा कम नम्बर दिनु हुँदैन । न्युनतम ७५ अंक पाउने काम प्रचण्ड सरकारले गरेको छ ।
प्रचण्डले नयाँ बिहानी देखाएर गएका छन् : डाक्टर विष्णु दाहाल

पहिलो कुरा राजनीतिमा नैतिकता सकिन लागेको अवस्थामा प्रचण्डले सहमतीअनुसार सत्ता छाडेर निकै उदाहरणीय काम गर्नुभएको छ । पदमा गएपछि लोभलालचमा मात्रै बस्न खोज्ने प्रवृति मौलाएको बेलामा अहिले आएको राजीनामा राजनीतिक सुझबुझ र सहकार्यलाई प्राथमिकता दिएको देखिन्छ । प्रचण्ड सरकार आफैले केही महत्वपूर्ण काम ग¥यो भने केही चाँही नयाँ सरकारलाई आधार छाडेर विदा भएको छ ।

सुरुवात निकै राम्रा भएका छन् । मुल कुरा आर्थिक बृद्धि २५ वर्ष यताकै धेरै हुने आँकलन गरिएको छ, लोडसेडिङ हटेको कुरा छ । प्रचण्ड सरकारको पालामा बन्द हड्ताल निकै कम मात्रै भए । संविधान कार्यान्वयन पनि चित्तबुझ्दो नै भयो । गाउँ गाउँमा स्थानीय सरकार पुगेको छ ।

अब गफ गर्ने होइन काम गर्ने बेला आएको छ है भन्ने सन्देश पनि प्रचण्डले दिएका छन् । इमोसनले सरकार र देश चल्दैन काम गर्नुपर्छ भन्ने कुरा पनि सरकारले देखायो । समग्रमा १० महिनाको कार्यकाल ठूलो त होइन, तर प्रचण्ड सरकारले सुखद र नयाँ विहानी देखाएर विदा भएको छ । मेरो विचारमा प्रचण्ड सरकारले १ सयमा कम्तिमा पनि ६५ अंक पाउनैपर्छ ।
चुनाव गराउनु नै प्रचण्डको महान काम : केदारभक्त माथेमा

चुनाव सफलतासँग सम्पन्न भयो, कतै पनि नराम्रो भएको सुनिएन । मधेसी दलहरुको पनि आन्दोलन एक किसिमले रोकियो । उहाँहरु आन्दोलन छाडेर अहिले शान्तीपूर्ण राजनीतिमा आउनुभयो । भित्रभित्रै कसरी मिलाउने हो प्रचण्डले नै मिलाउनु भयो यसलाई त म उहाँहरुको ठूलो सफलताको रुपमा लिन्छु । अहिले लोडसेडिङ छैन् । विरामी उद्योग पनि खुल्दैछन् । आर्थिक बृद्धिदर पनि राम्रो भएको छ । खासमा प्रचण्ड जीले चलाएको क्याविनेटलाई राम्रै मान्नुपर्छ । मैले अंक नै दिनुपर्दा उहाँलाई ७० अंक दिन्छु । केही विवादित काम नगरेको भए यो अंक ९० अंकसम्म पुग्थ्यो । source:http:ujyaaloonline.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.