पूर्वमिस नेपाल इभानाले कसिन् लगनगाँठो

काठमाडौं, बैशाख २९ – मिस नेपाल २०१५ की बिजेता इभाना मानन्धर विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रगुण राजभण्डारीसँग लगनगाँठो कसेकी हुन् ।राजभण्डारीसँगको प्रेमलाई उनले बैबाहिक सम्बन्धमा परिणत गरेकी हुन् । गुपचुप बिबाह गरेकी उनले विहिवार काठमाडौंको लाजिम्पाटमा स्थित होटल र्याडिसनमा विवाह पार्टी भने भव्य दिएकी थिइन् ।

पार्टीमा मिस नेपालका आयोजक, पूर्व मिस नेपाल बिजेताहरु, र नजिकको साथी भाइलाई मात्र निम्त्याइएको थियो । काठमाडौं भोटेवहालकी उनी १८ प्रतिस्पर्धीलाई पछि पार्दै २०१५ को मिस नेपाल विजेता बन्दै मिस वल्र्डमा नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् । प्रगुण भने व्यापारी रहेका छन् । उनी सांग्रिला स्पिरिट प्रालि, इको इन्फिरिटी प्रालि लगायतसँग आवद्द छन् । source:ratopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.