काठमाडौ । राप्रपा नेपालका एक जना वरिष्ठ नेताले यसपटकको स्थानिय चुनावपछि नेपाली सेना ठुलो विवादमा आउने दावी गरेका छन् ।
सामाजिक संजाल फेसवुक स्टाटस लेख्दै कमल थापा नेतृत्वको राप्रपाका केन्द्रिय सदस्य सुरेश प्रसाद आर्चायले सेनाले स्थानीय चुनावपछी मतपेटिका र मतपत्रको सुरक्षा गर्ने जिम्मा लिएर हार्ने उम्मेवदार र दलहरुको गम्भीर आरोप भोग्नुपर्ने दावी गरेका हुन ।
आर्चायले संसारका युद्धग्रस्त देशमा मात्र निर्वाचनमा सेना खटिने गरेको भन्दै सेनाले यस्तो राजनीतिक विवादमा पर्नसक्ने काममा सक्रियता देखाउदा देशको एक मात्र राजनीति निरपेक्ष संस्थाले आफ्नो साख गिराउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले सेना विवादमा तानियो भने त्यसले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमाथि ठुलो प्रश्न उठने चेतावनी समेत दिएका छन् । source:nepalpana.com
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.