अनुहारको छाला चम्किलो बनाउन प्रयोग गर्नस यि घरेलु औषधीहरु

घ्यूकुमारी घ्यूकुमारी छालामा दल्नाले छाला तलको रक्त शुद्धीकरण हुन्छ । अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या पनि कम हुन्छ । साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ ।

नीम छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ । साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ ।

बेसार सुन्दर बन्न छालामा बेसार दल्ने चलन धेरैतिर छ । बेसनमा बेसार र चन्दन मिसाएर छालामा दल्ने गर्नाले छाला सफा र चम्किलो बन्दै जान्छ । दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ ।

चन्दन छालामा जम्मा भएका विषाक्त पदार्थलाई चन्दनले हटाउने गर्छ र छालालाई सफा, चम्किलो राख्छ । चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ ।

गुलाब गुलाबमा भिटामिन–सी प्रशस्त पाइन्छ । त्यही भएर गुलाबजल सुत्नुअघि अनुहारमा दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ । स्रात : स्वास्थ्य खबर पत्रिका

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.