काठमाडौँ । महानायक राजेश हमालले २० बर्ष अगाडि स्थानिय निकायको निर्वाचनमा मतदान गर्दाको अवस्था र अहिलेको अवस्था फरक भएको बताएका छन् । पछिल्लो समय राजनीतिक कार्यक्रममा समेत सक्रिय भएर देखा पर्न थालेका हमालले लैनचौरस्थित कन्या हाइ स्कुलमा रहेको मतदान स्थलमा गएर मतदान गरे लगत्तै संचारकर्मीसँग कुराकानी गर्दै उनले भने हामीले जसलाई चुन्छौ, उही नै पदमा पुग्ने हो त्यसैले आजको समयमा विबेक पुर्याउनु निकै आवश्यक छ ।
अहिलेसम्म कुनै पनि दलमा खुलेर नलागेका महानायक राजेश हमाल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सर्मथनमा खुलेर भोट माग्न हिँडेका थिए । महानायक राजेश हमाल शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का अध्यक्षका उम्मेदवार देवेन्द्र रिमाललाई भोट माग्दै हिँडेपछि एमालेको पक्षमा खुल्नुभयो नि प्रश्नमा दल विशेषको पछाडी नलागी ब्यक्ति रोजेको प्रतिक्रिया दिएका थिए । etajakhabar.com

Post a Comment
Thanks.