काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एमालेको अग्रता झन फराकिलो बन्दै गएको छ। पछिल्लो ताजा मतपरिणाम अनुसार एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य ३३ हजार २४७ मत सहित अग्रस्थानमा छन् भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका राजुराज जोशी नौँ हजार १४२ मतले पछि छन्। जोशीले जम्मा २४ हजार १०५ मत प्राप्त गरेका छन्।
त्यस्तै विवेकशिलकी उम्मेद्वार रञ्जु दर्शना १३ हजार तीन मत सहित तेस्रो स्थानमा छिन् भने साझा पार्टीका किशोर थापाले नौँ हजार ६६२ मत सहित उनलाई पछ्याइरहेका छन्।
त्यस्तै माओवादीका सर्वोत्तम डंगोलले तीन हजार ७७८ मत प्राप्त गरेका छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.