बेहुलीले बेहुला नचिन्दा अर्कैसंग सुहागरात

चीनमा एउटा अनौठो घटना भएको छ । बिहे भएर घर आएको रात बेहुलो सुतेको कोठा नचिन्दा बेहुलीले अर्कै युवकसँग रात बिताएकी छिन् । आफ्नो बेहुलो सुतेको कोठा जाने बेलामा भुलबस उनी अर्कै कोठामा छिरिन् । रातभर सोही कोठामा सुतेको युवकसँगै सुतेपछि बिहान पख उज्यालो भएपछि मात्र उनले त्यो युवक आफ्नो लोग्ने नभएर अर्कै युवक रहेको थाहा पाइन् ।

समाचार अनुसार गुआंग्जी प्रान्तस्थित नापो क्षेत्रमा यस्तो घटना भएको हो । हुआंग थर भएकी ती युवती बिहे गरेर वरको घर गइन् । वरको घरमा पार्टीको आयोजना गरिएको थियो र पार्टीमा धेरै मानिस समेत आएका थिए । रात परेसँगै सुत्ने तरखर भयो । उनी सुत्नुभन्दा पहिले बाथरुम गइन् । बाथरुमबाट फर्किँदा उनले आफ्नो खोपी भएको कोठा भन्ठानेर अर्कै कोठामा छिरिन् । उनलाई त्यो आफ्नो खोपी नरहेको र त्यहाँ आफ्नो लोग्नेको साथी सुतेको कुरा पत्तो थिएन । त्यहाँ आफ्नै लोग्ने सुतेको होला भनि ढुक्कसाथ उनी पसिन् र सुतिन् ।

बिहानपख ब्यँझिनासाथ उनले बल्ल त्यो केटा आफ्नो लोग्ने नभएको पत्तो पाइन् र चिच्याउँदै कोठाबाहिर निस्किइन् । ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न इन्कार गरे ।

बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा चल्यो । अदालतले साथीको बेहुलीसँग रात बिताउने ती जन्ती युवालाई सफाइ दियो र उनले बलात्कार नगरेको फैसला गर्यो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.