१० लाखकी नायिका नम्रता श्रेष्ठ ?

सामान्यतया नेपाली फिल्मका हिरोइनको पारिश्रमिक दुईदेखि पाँच लाख रुपैयाँसम्म रहँदै आएको छ । नम्रता श्रेष्ठले पनि यसअघिका फिल्ममा सोही हाराहारीको पारिश्रमिक लिँदै आएकी हुन् । तर, उनले पछिल्लो समय साइन गरेको एउटा फिल्ममा भने चल्तीका हिरोलाई टक्कर दिने गरी १० लाखभन्दा बढी पारिश्रमिक लिएकी छिन् । नाम फाइनल नभएको सो फिल्मका लागि नम्रताले त्यति ठूलो रकम हाताहाती पाउन लागेकी भने होइनन् । उनले क्यास प्लस हङकङ अधिकारबापत यत्तिको पैसा पाउन लागेकी हुन् ।

फिल्मको प्रस्ताव लिएर गएका निर्मातासँग नम्रताले तीन लाख क्यास र हङकङ प्रदर्शन अधिकार मागेकी थिइन् । दानी निर्माताले नम्रतालाई नाइँ भनेनन् । यस्तोमा तीन लाख नगद र हङकङमा फिल्म बेचेको पैसाबाट नम्रताले कम्तीमा पनि १० लाख हात पार्नेछिन् । नम्रताको फ्यान फलोइङ यति पनि छैन कि उनले लिए बराबरको पारिश्रमिक उनका ‘कोर फ्यान’ले फिल्म हेरेर उठाइदिऊन् । तर, निर्मातालाई त्यसको चिन्ता छैन भने हामीलाई केको खसखस ?

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.