राष्ट्रपति श्रीलंका भ्रमणमा जाँदा भोलि सार्वजनिक विदा नहुने

काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रवारदेखि हुने श्रीलंका भ्रमणमा सरकारले सार्वजनिक विदा नदिने भएको छ।

राष्ट्रपतिको श्रीलंका भ्रमण राजकीय नभएकाले सार्वजनिक विदा नदिएको गृह मन्त्रालयका सहसचिव यादव कोइरालाले जानकारी दिए। उनले भने, ‘यो औपचारिक भ्रमण भएकाले विदा नदिने निर्णय भएको हो।’ यसअघि राष्ट्रपति भण्डारी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका बेला सरकारले एक दिन विदा दिएको थियो।
के छ परम्परा ?
नेपाल गणतन्त्रमा जानुअघि राष्ट्राध्यक्षकारुपमा रहेका राजाको औपचारिक भ्रमणका क्रममा विदा दिने प्रचलन थियो। राजा विदेश जाने दिन र फर्कने दिन सार्वजनिक विदा दिइन्थ्यो।

तर, राजतन्त्र हटेपछि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव पहिलो औपचारिक भ्रमणका लागि २०६६ सालको फागुनमा भारत जाँदा सार्वजनिक विदा दिइएको थिएन।

त्यतिबेला राष्ट्रपतिको विदेश भ्रमणका लागि गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा लगेको थियो। तर, त्यसलाई रद्द गर्दै राष्ट्रपतिको भ्रमणमा बिदा दिइएको थिएन।

वर्तमान मन्त्रिपरिषद्ले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा र राष्ट्रपति भण्डारी भारत जाँदा दिएको विदाको चर्को आलोचना भएको थियो।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.