काठमाडौं । स्थानीय तहको मतदान हुनु एक दिनअघि प्रमुख राजनीतिक दलका नेताहरुले विज्ञप्ति जारी गरी निर्वाचन सफल बनाउन आह्वान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार विज्ञप्ति जारी गर्दै निर्वाचनमा भाग लिन आम नागरिकलाई अपिल गरे लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि विज्ञप्ति जारी गरी निर्वाचनमा भाग लिन आम नागरिकलाई अपिल गरेका थिए ।
यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि शनिवार विज्ञप्ति जारी गर्दै आइतबार हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गरेका छन् ।
हास्य कालाकार सिताराम कट्टेल ‘धुर्मुस’ले पनि निर्वाचनको शुभकामना सहित भावुक र चेतनायुक्त सन्देश दिएका छन् ।
शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत धुर्मुसले समृद्ध सहरका तस्वीर राख्दै काठमाडौंलाई यति त्यस्तै बनाउनुपर्ने र त्यसमा भोलिको निर्वाचनको महत्वपूर्ण भुमिका हुने भएकाले विवेक प्रयोग गर्न आह्वान गरेका छन ।
उनले लेखेका छन्– तपाईं हामिले कल्पना गरेको काठमाण्डौ र काठमाण्डौभित्रका सम्पदाहरु अब यस्तै बन्नु पर्छ । र बनाउन सम्भव पनि छ । त्यो अब तपाईं हामीले चुन्ने उम्मेद्वारमा भरपर्छ । अब यस्तै काठमाण्डौ बनाउने कि अहिलेको धुलोधुवा अनी अव्यवस्थित काठमाण्डौ मै रमाउने ? त्यो तपाईं हाम्रो हातमा छ । भोलि बैशाख ३१ गते सही उम्मेद्वारलाई मतदान गरौ । स्थानिय निर्वाचनको सबैलाई शुभकामना !! ‘राष्ट्र निर्माण तपाईं हाम्रो अभियान’ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.