कालिकोटमा विप्लब कार्यकर्तासँग प्रहरीको झडप, ६ घाइते, मतपेटिका खोसे

कालिकोट, वैशाख ३१– नरहरीनाथ गाउँपालिका–६ नन्दादेवी मावि सेरापाटामा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबिच दोहोरो झडप भएको छ । झडपमा परी दुई प्रहरीसहित ६ जना घाइते भएका छन् ।

झडपपछि विप्लब समूहका कार्यक्रताले मतपेटिका खोसेर लगेका छन् । ८ सय ७९ मतदाता रहेको मतदान केन्द्रमा आइतबार दिउँसो १२ बजेसम्म ५ सय ५० जनाले मतदान गरिसकेका थिए । मतदान स्थलबाट ५ बजे मतदान प्रक्रिया सम्पन्न गरेर फर्किने क्रममा विप्लब समूहका कार्यक्रताले आक्रमण गरेका हुन् ।

विप्लप समूहका कार्यक्रताले ढुंगामुढा गरेपछि प्रहरीले दुई राउड हवाई पाएर गरेको थियो । दोहोरो झडपमा परि प्रहरीतर्फ दुई र बिप्लप समूहका ४ गरी ६ जना घाइते भएका हुन् । बिप्लप समूहले मतदान अधिकृतसहित मतदान कार्यका लागि खटिएको टोलीलाई विद्यालयमा घेरा बन्दी गरेका थिए । प्रहरीले घेरा तोड्न गोली चलाउन खोज्दा राइफल नपड्केको र विप्लब माओवादीले मसाल जुलुससहित मतपेटीका कब्जा गरी लगेको जानकारी आएको छ ।

यस्तै कालिका गाउँपालिकाको बालाचौर भर्तामा सुलचिना जैसीको मतपत्र स्थानीय मनजित शाहीले जवरजस्ती खोसेर मतदान गर्न खोज्दा बिवाद भएको स्थानीय शिक्षक नरजित तिमिलसेनाले बताउनुभयो । दिउँसो १२ बजे भएको बिबाद पछि मतदान प्रक्रिया स्थगित भएको थियो । ८ सय ४२ मतदाता रहेको केन्द्रमा ३ सय ५६ मत खसेपछि बिबाद भएको हो । त्यहाँ बिबाद हुँदा स्थानीय बासिन्दाले मतदान अधिकृतको हस्ताक्षर भएका १ सय ७० मतपत्र च्यातेर नष्ट गरेका थिए । स्थानीय दलहरुको सहमतीमा खसेको ३ सय ५६ मतलाई नै सदर मान्ने गरी मतदान प्रक्रिया सम्पन्न गरिएको छ ।

जिल्लाका अन्य स्थानमा शान्तीपूर्ण मतदान भएको र मतपेटीकाहरु मतगणना स्थल तर्फ ल्यार्इंदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सूर्य बोगटीले बताउनुभयो । जिल्लाका ४१ वटा मतदान केन्द्रमा ३५ हजार ९ सय ९ मत खसेको छ । कालिकोटमा ५ बजेपछि असिना पानी परेको छ । जिल्लाका धेरै स्थानमा टेलिफोन सम्र्पक नहुने भएकाले सबै मतदान केन्द्रको विवरण प्राप्त हुन सकेको छैन । source:ujyaaloonline.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.