१ करोड ९४ लाख मतदातासँग शारिरिक सम्पर्क गर्ने बाचा गरेकी मोडल भन्छिन्, ‘४ सयसँग नै थाकिसकें तर बाचा पूरा गर्छु’

भोट हाल्ने १ करोड ९४ लाखसँग शारिरिक सम्बन्ध स्थापित गर्ने बाचा गरेकी इटालीकी एक मोडलले पहिलो ४ सय जनासँग नै थाकिसकेको बताएकी छिन् । यद्यपी उनले यो बाचा कम्तीमा पनि १० लाख मानिससँग पूरा गर्ने अर्को प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

पाओला साउलिनो, २७, ले आफूलाई ‘बचनका पक्का’ भएकी महिलाको रुपमा प्रस्तुत गर्ने कुरामा प्रतिबद्ध भएको देखिन्छिन् । इटालीको जनमत संग्रहविरुद्ध भोट गर्ने सबैलाई धन्यवाद दिन उनले ‘पोम्पा टुर’ नामक यात्रा नै तय गरिन् । उनले यसको पहिलो लेग पार गरेको बताएकी छिन् ।

इटालीमा पोम्पाको अर्थ पम्प हुन्छ । यो शब्दलाई उनले यौनसम्बन्धसँग जोडेकी छिन् ।

पाओलाले यो अचम्मको घोषणा इटालीका पूर्व प्रधानमन्त्री मातिवो रेन्जीको संवैधानिक सुधारको अवधारणापश्चात् राखेकी हुन् । उनी प्रधानमन्त्री विरुद्ध उत्रिएकी थिइन् ।

जब ५९ प्रतिशतले उक्त सुधारको आवश्यकता चाहिँदैन भनी नोभेम्बरमा भोट गरे तब धेरैजसोले उनले आफ्नो बाचा पुरा नगर्ने अनुमान गरेका थिए ।

तर, न्यापोलिमा जन्मिएकी र लस एन्जलसमा बस्ने पाओलाले आफ्नो यात्राको १० वटा मिति तय गरिन् । यसबारे घोषणा गर्दै उनले आफ्ना प्रशंसकलाई भनिन्, ‘म बचनको पक्का छु ।’

उनको पहिलो लेग (चरण) गत जनवरी ७ तारिखमा रोममा सुरु भयो जुन जनवरी २१ तारिखमा पालेर्मोमा समाप्त भयो ।

पाओलाले भ्रमणको अर्को चरणको घोषणा गरेकी छिन् – ११ अन्य मितीसँगै – जुन आउँदो बुधबार फोगियाबाट सुरु हुन्छ ।

र उनी अहिले भन्छिन्, ‘मेरो उद्देश्य १० लाख हो, म १० लाखलाई रुचाउनेछु ।’

डेली स्टार नामक एक मिडियाले उनलाई अपरिचितसँग यौनसम्बन्ध स्थापित गर्ने अनुरोधमा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘तनाव र थकान ।’

उनले आफू स्वस्थ र केही चोट नलागेको बताउँछिन् ।

पाओलाले यस्तो क्रियाकलाप गोप्य कोठामा हुने र कहिलेकाँही ब्रेक पनि माग्ने गरेको जानकारी दिइन् ।

पाओलाले डेली स्टारलाई भनिन्, ‘पुरुषले कण्डम लगाउने वा नलगाउने भन्ने विषयमा म निर्णय गर्छु ।’

‘यदि म चाहँदिन भने, उनले यो कुरा मान्नुपर्छ । यसबारे मैले निर्णय लिन्छु । अहिलेसम्म यो विषयमा कसैले पनि आपत्ति जनाएका छैनन् ।’

यी मोडलका अनुसार उनले भोट दिने ४ सय जनासँग यौनसम्बन्ध स्थापित गरिसकेको दाबी गरेकी छिन् ।

एक व्यक्तिसँगको अनुभव उनले बताइन् । उनी भन्छिन्, ‘एकजना व्यक्ति मेरो नजिक आउने बित्तिकै रोए । उनले म निकै लजालु छु, मलाई माफ गरिदिनुस् भन्दै हात जोडे ।’

‘मैले आफूले सक्दो गरें तर दुई मिनेट पछि नै उनी त्यहाँबाट जान खोजे किनभने उनी सहज थिएनन्,’ उनले भने ।

उनको भ्रमणको अर्को तालिका फेब्रुअरी १ तारिखमा सुरु हुनेछ जसमा फोगिया, क्यामपोबासो, ल्याटिना, पोसिटानो, क्यातान्जारो, सालेर्नो, क्यागलियारी, बोडुसो, क्यानिजिओने, पर्फुगास, क्याटानिया र बोमार्जे घुम्नेछिन् । उनको यो भ्रमण मार्च ८ तारिखमा समाप्त हुनेछ ।

साभार :- गोर्खाली खबर

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.