एजेन्सी- अक्षय कुमारकोआँउदै गरेको फिल्मको नाम सुनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाँसेका छन्।हालै अक्षय आफ्नो नयाँ फिल्म ट्वाइलेट–एक प्रेम कथा’ को बारेमा कुरा गर्न प्रधानमन्त्री मोदीलाई भेट्न गएका बेला मोदी फिल्मको नाम सुनेर हासेको अक्षय कुमार आफैले बताएका छन् ।
फिल्मको नाम सुनेर मोदी मुस्काएपछि आफ्नो दिन नै राम्रो भएको अक्षयले बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।मोदीसँग भएको भेटको तस्बीर शेयर गर्दै अक्षयले यो कुराको बताएका हुन् । यो फिल्ममा अक्षयका साथै भूमि पेडनकर र अनुपम खेर पनि छन्। फिल्म आगामी जून २ मा रिलीज हुने बताइएको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.