भरतपुरमा देवी ज्ञवालीको अग्रता कायमै, रेणुलाई अन्तरघात

चितवन, जेठ २– भरतपुर महानगरपालिका वडा नम्बर १ को गणना सम्पन्न हुँदा मेयरका एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् ।

एमालेका ज्ञवालीले १५१३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११३५ मत प्राप्त गरेकी छन् ।

कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु पछाडि परे पनि सोही गठबन्धनका कांग्रेस उम्मेदवार जयराम श्रेष्ठ भरतपुर १ मा वडाध्यक्षमा विजयी भएका छन् । यसले दाहाललाई भोट नदिएर गठबन्धनले अन्तर्घात गरेको आशंका गरिएको छ ।

त्यस्तै उपमेयरतर्फ माओवादी–कांग्रेसका गठबन्धनबा कांग्रेसकी पार्वती शाहले १४०१ मत ल्याएकी छन् भने एमालेका दिव्या शर्माले ११८८ प्राप्त गरेकी छन् ।

भरतपुर महानगर १ मा कांग्रेसका श्रेष्ठ विजय भएसँगै कांग्रेस कार्यकर्ताले विजय जुलुस निकालेका छन् । कम्युनिष्ट बाहुल्यता रहेको १ नम्बर वार्डमा माओवादीसँगको गठबन्धनकै कारण कांग्रेस उम्मेदवार विजयी भएका हुन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.