जंगलमा तड्पिएरै गयो यो जोडीको ज्यान, अन्तिम साससम्म बाँधिए अंगालोमा

बुधबार बिहान घरबाट स्कुल जानको लागि निस्किएका १२ कक्षामा पढ्ने प्रेमी र १० कक्षामा पढ्ने प्रेमिकाले जंगलको बीचमा पुगेर विष सेवन गरेर आत्महत्या गरेका छन् । दिउँसो जंगलमा उनीहरुको लाश भेटिएको छ । उनीहरुको नजिकै मुसा मार्ने विषको प्याकेट पनि भेटिएको छ ।

१२ कक्षा पढ्ने १७ वर्षका अमन राहगडाले र १६ वर्षकी १० कक्षामा पढ्ने वैशाली भरमका बीच प्रेम सम्बन्ध थियो । भारतको पंजाब राज्यको नागपुरनजिकै गोदिया जिल्लामा बस्ने यी दुई केही समयदेखि एक अर्कालाई चाहन्थे । दुई दिनअघि वैशालीका दाजुले यी दुईलाई सँगसँगै देखेका थिए । बुधबार वैशाली स्कुल जानको लागि हिँडे पनि स्कुल पुगिनन् । अमन पनि स्कुल गएनन् । यी दुईले बोदलकसाको जंगलमा गइ मुसा मार्ने विष सेवन गरेर आत्महत्या गरे ।

यी दुईको लाश एक अर्काको अंगालोमा बेरिएको अवस्थामा भेटिएको थियो । जंगलमा गएका केही स्थानीयले लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुवैको लाश पोष्टमार्टमको लागि पठाएको छ । वैशालीका दाजुले दुई दिअघि देखेपछि यी दुवै डराइरहेका थिए । यही डरका कारण उनीहरुले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले यो आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

The post जंगलमा तड्पिएरै गयो यो जोडीको ज्यान, अन्तिम साससम्म बाँधिए अंगालोमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.