१२ गोली हानी मारिएका गुन्डा नाइके मनोज पुन को खुल्यो अर्को रहस्य

प्रहरीले पहिला नै चुहाएको थियो मनोज पुन पक्राउ पर्नेदेखि ‘इन्काउन्टर’ सम्मको सूचना

९ फागुन २०७४ बुटवल : व्यवसायी हत्या र फिरौती असुलीका फरार अभियुक्त गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन्।प्रदेश ५ को रुपन्देहीस्थित देवदह नगरपालिका वडा नम्बर ४ मा बुधबार बिहान पुनसहित उनका सहयोगी सोम आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले पुष्टि गरे।पुनको समूह नेपाल आएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीले सम्भावित क्षेत्रमा खोजी अभियान चलाएका थिए। बिहान खोजीकै क्रममा लुकिछिपी बसेको पुनको समूहले प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा पुन सहित आलेको मृत्यु भएको एसपी ज्ञवालीले बताए। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीका डिएसपी अंगुर जिसीको नेतृत्वको टोलीले पुनलाई ‘इन्काउन्टर’ गरेको हो।

घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो।कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए। गत पुसमा उनले फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका थिए। २०७२ पुसमै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा समेत उनैले लिएका थिए। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीको भनाई छ।

तत्कालीन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि मनोज पुन एकाएक चर्चामा आएका थिए। उनको वास्तविक नाम मनोज बुढा मगर हो। २०७३ पुस ४ गते देवदहको खैरेनीमा तिवारीमाथि गोली चलाउनसाथ उनले प्रहरी प्रमुखसहित पत्रकारहरूलाई फोन गरेर हत्याको जिम्मा लिएका थिए। त्यसयता प्रहरीले उनलाई फरार अभियुक्तको सूचिमा राखेर खोजी गरेको थियो।पुन रुपन्देही देवदह नगरपालिका २ का बासिन्दा हुन्। उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष समेत भएका थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भए।०७३ को तिवारी हत्या काण्डपछि पनि पुनले गएको साउन २० गते रुपन्देहीको मणिग्रामका टायल व्यवसायी दुर्गालाल भण्डारीको पसलमा गोली प्रहार गरी घटनाको जिम्मा लिएका थिए। उनले भण्डारीसँग ३० लाख चन्दा मागेका थिए। चन्दा नपाएपछि उनीमाथि गोली प्रहार भएको थियो।

यो क्रममा तिवारीले रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाण्डौंका व्यवसायीसँग फिरौती उठाइरहेका थिए।गत पुस २१ गते देवदहै फर्निचर व्यवसायी बसन्त पौडेलको पुनले हत्या गरे। फर्निचरमा काठ किन्ने नाममा पुगका दुई जनाले पौडेलमाथि हत्या गरेका थिए। त्यसयता कुनै आपराधि गतिविधि भएका थिएनन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि पुनको संलग्नता रहेको प्रहरीले बताउँदै आएको थियो।

पुनलाई यो क्रियाकलपामा सघाउने झण्डै १६ जना सहयोगी पक्राउ परे पनि पुन पक्राउ परेका थिएनन्। गएको वर्ष भारतका शहरमा रहेको बताउने उनले अहिले मलेसिया रहेको बताइरहेका थिए। तर प्रहरीले भने उनी भारतमै रहेको विश्वाससहित उनीमाथि नजर बढाएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको टोली भारतको गोवा पुगेको थियो।

प्रहरीले पहिला नै चुहाएको थियो सूचना
एक वरिष्ठ प्रहरी अधिकृतले एक साताअघि हामीसँग कुरा गर्दै मनोज पुन ‘केही समयमै पक्राउ पर्ने’ बताएका थिए। दुई दिनअघि मात्रै तिनै अधिकारीले पुनको इन्काउन्टर हुने सूचना दिँदै समाचार नबनाउन आग्रह गरेका थिए। त्यसको तीन दिनपछि पुनका सहयोगी सोम आले सहित रुपन्देहीकै देवदहमा प्रहरीले इन्काउन्टर गरेको हो। इन्काउन्टरमा केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीको टोली संलग्न थियो।पुन राजनीतिक दलकै नेताको संरक्षणमा रहेको गुनासो प्रहरीले गर्दै आएको थियो।

The post १२ गोली हानी मारिएका गुन्डा नाइके मनोज पुन को खुल्यो अर्को रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.