फागुन ८ गते नेपाल बन्दको आव्हान, यस्तो छ बन्दको कारण !

काठमाडाैं- यहि फागुन ८ गते मंगलबार नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेताकार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै कम्युनिस्टको नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् ।

राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेताह कार्यकर्तारु गिरफ्तार परेपछि महासचिव विप्लवले त्यसको कडा शब्दमा निन्दा गरेका छन् ।

‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ ।’ महासचिवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

ओलीको सरकारी काम नै जनता र पार्टीमाथि दमन गर्नु भएको सन्देश बिराटनगर घटनाले प्रष्ट पारेको उनको भनाई छ । नैतिकताहिन धरपकड रोकेर रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विना शत मुक्त गर्न महासचिव विप्लवले चेतावनी दिएका छन् ।

‘आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं ।

ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं । उनले भनेका छन् ।

नेता कार्यकर्ता रिहा नगरिए ८ गते नेपाल बन्द हुने उनको चेतावनी छ। ‘यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं ।

साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।’ महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । यस्तो छ विज्ञप्ति

श्रोत सुचना केन्द्र

The post फागुन ८ गते नेपाल बन्दको आव्हान, यस्तो छ बन्दको कारण ! appeared first on Taja nepali news.

http://ift.tt/2sCuSyb
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.