आफ्नो बहिनीलाई बचाउन जब ग्राहक बनेर पुगे वेश्यालय !!

बिहारको बेगूसराय जिल्लाको कस्बाई इलाका बखरीमा रहेको एक युवक दलाललाई रुपैयाँ दिन्छन् । त्यसपछि एक युवतीसँग कोठामा दाखिल हुन्छन् र चार मिनेटमा नै त्यहाँबाट फर्किन्छन् ।

त्यसको केही समयपछि त्यही युवक प्रहरी साथमा लिएर फर्केर आउँछन् । यसपटक उनी देहव्यपारको दलदलमा फँसेकी ती युवतीलाई बचाउन आएका हुन्छन् । ती युवती अरु कोही नभएर आफ्नै बहिनी हुन्छन् ।

यो घटना शुरुमा काल्पनिक लाग्न सक्छ । तर, बुधबार बखरीमा यस्तै घटना घटेको छ । प्रहरी कारवाहीमा दुई युवतीलाई देह व्यापारको चङ्गुलबाट मुक्त भएका छन् । जसमध्ये एक युवती बिहारको शिवहर जिल्लाकी हुन् भने अर्की झारखण्डकी ।

उद्दारको कथा

शिवहरकी प्रतिमा (परिवर्तित नाम) ले आफ्नो माइती पुगेर बिबिसीसँग कुरा गर्दै भनिन्, ‘करीब तीन वर्ष अघि अशोक खलीफाले मलाई सीतामढीबाट भगाएर बखरी लग्यो र मसँग यहाँ काम गर्न लगायो ।’

बखरीमा उनी आफ्नो छोरासँग बस्थिन् । उनका अनुसार उनलाई बन्द गरेर राखिन्थ्यो । उनी कहिल्यै बाहिर जान पाउँदिन थिइन् ।

उनले थप भनिन्, ‘करीब दुई हप्ताअघि एक फेरीवाला आयो । मैले उसलाई देखेर म तिमीलाई चिन्छु भनेँ । उसले पनि म तपाईंलाई चिन्छु भन्यो । त्यसपछि उसको नम्बर लिएर यहाँबाट निक्लिनेबारे कुराकानी गथ्र्यौँ ।’ ती फेरीवाला प्रतिमाको माइतीका थिए ।

माइतीसम्म खबर पुग्यो

फेरीवालाले शिवहर आएर सबै कुरा प्रतिमाको परिवारलाई भनिदिन्छन् । त्यसपछि उनको परिवार प्रतिमालाई छुटाउन बेगूसराय पुग्छन् ।

प्रतिमाका भाई मनोज (परिवर्तित नाम) उनको रिहाईको कथा यसरी बयान गर्छन्,

‘फेरीवालाले बहिनीलाई म आउँछु भनेर भनेको थियो । म अशोक खलीफा नजिक ग्राहक बनेर पुगेर । दुई सय रुपैयाँ दिए पछि उसले मलाई दुईवटा युवती देखाए ।

मैले ईशारामा आफ्नो बहिनीलाई चुनेँ । यसपछि कोठामा बहिनीसँग पाँच मिनेट बसेँ र उनलाई प्रहरी लिएर आउँछु भनेँ ।’

यसपछि प्रतिमाको पिताले दर्ता गरेको उजुरीको आधारमा बखरी थानाका प्रहरीले बुधबार छापा मारेर उनीसहित एक अन्य महिलालाई रिहा गरेको थियो ।

घर पुगिन् पीडित

बखरी थानाध्यक्ष शरत कुमार भन्छन्, ‘प्रतिमाको रिहाईपछि बिहिबार उनको मेडिकल जाँच गरियो । शुक्रबार अदालतमा उनको बयान दर्ज गरेपछि सोही दिन उनको माता–पितालाई जिम्मा लगाइयो ।’

उजुरीमा दर्ता गरिएको दुई व्यक्तिमध्ये एक नसीमा खातूनलाई प्रहरीले पक्राउ गरेको छ भने अशोक खलीफा हालसम्म फरार रहेका छन् । प्रतिमा शुक्रबार नै बेगूसरायबाट आफ्नो माइती शिवहरी पुगिसकेकी छिन् ।
साभार: Nepal 24 news

The post आफ्नो बहिनीलाई बचाउन जब ग्राहक बनेर पुगे वेश्यालय !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.