भ्यालेन्टाइनको दिनमा नीलम ढुंगानाले यसरी पोखिन् मनको वेदना एक पटक पढ्नुहोला,

काठमाडौ। हालैमा सम्बन्ध विच्छेद भएको निलम ढुंगानाले आफ्नो फेसबुक वालमा मनछुने शब्दहरू पोखेकि छिन । हेर्नुस यस्ता छन उनका वेदनाका शब्दहरु:

जिन्दगीमा घटेका कतिपय कुराहरु शब्दहरुमा बयान गर्न सकिँदैन रहेछ, आफ्नो बारेमा आएका समाचारहरु पढेर आफै दुखी हुनु सिवाय केही गर्न नसकीने रहेछ । जुन सम्बन्धमा रहेर मैले मेरा जिन्दगीका अमुल्य दश वर्ष विताएँ सुख र दुखहरु अनुभव गरेँ, जिन्दगीलाई नजिकबाट बुझेँ त्यस्तो सम्बन्ध जुनसुकै कारणबाट भएपनि गुमाउनु पर्दाको पिडालाई म शब्दमा उतार्न सक्तिन ।

अवस्था भयावह नभइकन काखमा ६ महिनाकी सानी बच्ची हुँदा यस्तो निर्णय लिन कसरी सम्भव होला र ! मध्यम किसीमका समस्याहरु मात्र पर्दैमा यस्ता गम्भीर निर्णयहरु कसैले पनि लिनु हुँदैन ! तर सद्भाव, विस्वास र सम्मानको अभाव हुनु, आपसी सद्भाव विथोलिनु, विश्वास टुट्नु र सम्मानको अभाव हुनु जस्ता अवस्थाहरु सृजना हुँदै गएपछी आत्मसम्मानको क्षयिकरण हुने रहेछ र आत्मसम्मानको क्षय हुँदा खेरिको जस्तो कठिन कुनै क्षण नहुने रहेछ ।

त्यसैले अब साथ नरहने निर्णय नै लिइसके पछि पनि मेरो छोरीको बाबा भएको नाताले मैले वहाँ प्रति कुनै दुराभाव ब्यक्त गर्न सक्दिन । मलाई मातृत्वको अनुपम अनुभव गराउने मेरो नानीको पिता प्रति मेरो अत्यन्तै ठुलो सम्मान छ र मैले वहाँ प्रति गर्ने सम्मान सधैं उस्तै रहिरहनेछ । जति मन मुटावहरु भए त्यो साथमा रहुन्जेल भए, साथ छुटेपछी एकले अर्कोलाई उचित र सम्मानित ब्यवहार गर्नुपर्छ भन्ने कुरा म बुझ्दछु र त्यही अनुसार आशा पनि गर्दछु । मेरा शुभचिन्तकहरुले सामाजीक संजालमा मेरो लागि धेरै चिन्ता ब्यक्त गर्नुभएको छ, यहाँहरुको म प्रतिको सद्भावले म द्रविभुत भएकी छु ।

यो अवस्थामा आएका सबै म्यासेजहरुको जवाफ दिनसक्ने अवस्थामा छैन र मैले आफु ‘कमजोर छु’ भनेर कहिँ कतैबाट सहानुभुती बटुल्ने कोसीस पनि गर्ने छैन । जुन बिन्दुबाट हाम्रो बाटो अलग्गीएको छ त्यहींबाट आफैले आफु र बच्चाको भविष्यको लागी केही थप संघर्षहरु सुरु गर्नेछु। आउने दिनहरु जस्तासुकै भएपनि म मेरो अतितलाई सकेसम्म सम्मान गर्नेछु।

मेरो लागी परिस्थीती अत्यन्तै जटिल भएपनि म कत्ती पनि विचलित हुन नपरोस्, हजुरहरु मलाई आशीर्वाद दिनुहोला । बाँकी कुरा संघर्ष गर्दै जाँदा जिन्दगीले सबै ठिक बनाउदै लैजाला भन्ने आशा गर्दछु।
र आजै पर्न गएको प्रेम दिवशको उपलक्षमा यहाँहरु सबैको प्रेम अजर अमर रहोस भन्ने शुभेच्छा समेत ब्यक्त गर्न चाहन्छु। 🙏🙏🙏

The post भ्यालेन्टाइनको दिनमा नीलम ढुंगानाले यसरी पोखिन् मनको वेदना एक पटक पढ्नुहोला, appeared first on Taja nepali news.

http://ift.tt/2BvRHpX
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.