हलमा डाको छोडेर रोइन स्वेता, स्वेतालाई समाल्न गारो हेर्नुहोस भिडियो सहित

फाल्गुन ४ । आजबाट नायिका स्वेता खड्काले सर्वाधिक आशा गरेको चलचित्र ‘कान्छी’ देशभरका हलमा रिलिज भएको छ । ‘कान्छी’ हेर्न स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठका परिवार हल पुगेका छन् । फिल्म हेरेपछि श्रीका दाइ र दिदीहरूले आफ्नो बुहारीको अभिनय निकै राम्रो लागेको बताए ।

चलचित्रकर्मीबाट पाएको प्रतिक्रिया सुनेपछि अभिनेत्री तथा निर्माता श्वेता खड्काले आँसु रोक्न सकिनन् । उनले वरिष्ठ नृत्य निर्देशक वसन्त कुमार श्रेष्ठलाई अँगालो मार्दै भक्कानिएर रोइन् । स्वेताले भनिन् ‘राम्रो गरेको थिए त्यो फल पाए । सबै जनाको यस्तै साथ पाउनेछु कान्छी हेरे सल्लाह सुझाव दिनु होला, मेरो रिजल्ट आज आयो सबैले यति धेरै माया दिनु भयो समाल्न नै गाह्रो भएको छ । मैले सोचे भन्दा धेरै माया पाए । ‘

उनले रुँदै भनिन् ‘म रोएको होइन । मेरो कामलाई यति धेरै माया गर्दिनु भयो कि मैले आफूलाई सम्हाल्न नै सकिनँ । मैले आज शिव रेग्मी सरलाई धेरै सम्झिएकी छु । उहाँको निधन हुँदा म निकै दुखी भएकी थिएँ । मैले आज अर्को शिव रेग्मी सर पाएँ आकाश अधिकारी ।

सबै इन्टायर टिमलाई धन्यवाद सबैले यति राम्रो काम गर्दिनु भयो मैले पुरा फिल्म हेरेको थिइन । हलमा हेर्दा मैले त्यहाँ मेरो लभ स्टोरी बिर्से यति लेबलको माया गर्ने मान्छे छुट्यो मलाई एकदमै मिस भयो मलाई खड्क्यो, उहाँलाई मैले एकदमै मिस गरेको छु र जहाँसम्म यहाँहरूले मलाई साथ दिनु हुन्छ ।’

नायक दयाहाङ राई र नायिका स्वेता खड्काको मुख्या भूमिका रहेको यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका अनु शाह, कलाकार निर शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । ‘कोहिनुर’ पछि स्वेतालाई दर्शकले चलचित्रमा पर्खिरहेका थिए । यसैले, पनि सोलो रिलिजको अवसर पाएको ‘कान्छी’को व्यापार उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

The post हलमा डाको छोडेर रोइन स्वेता, स्वेतालाई समाल्न गारो हेर्नुहोस भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.