भोली ४ गते सूर्य ग्रहण लाग्ने,कुन राशीलाई के फाईदा

काठमाडौँ । लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फागुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ तर यो ग्रहण नेपाल बाट भने देखिनेछैन । दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट मात्र देखिनेछ । यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरीपछि केही राशिहरुमा यसको नकारात्मक असर पर्नेछ भने केही राशिहरुको भाग्य चम्किने छ ।

मेष राशि – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ । आयु वृद्दि हुनेछ , व्यवसायमा उत्तम लाभ हुने योग छ ।

बृष राशि – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरुलाई धन कमाउने धेरै अवसरहरु मिल्नेछ ।

मिथुन राशि – (का, कि, कु, घ, ङ, छ, के, को, ह ) पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरु शान्त रहनेछन । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरु आगामी दिनहरुमा आउन सक्छ ।

कर्कट राशि – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविस्यमा उन्नतिको अवसरहरु पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरु अगाडी बढाउँने सम्भावना हुनेछ ।

सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )सम्पतिसम्बन्धी रोकेका कामहरु पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानूनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दूर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला ।

कन्या राशि –( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनूकुल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीं रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

तुला राशि( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) ग्रहण पछि तुला राशि व्यक्तिहरुको मन विचलित हुन् सक्छ। मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

बृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) मन अशान्त रहनेछ। कानूनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

धनु राशि( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) तपाईको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरुबाट सतर्क रहनुहोला। व्यवसायिक निर्णयहरु ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

मकर राशि( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू-सम्पतिबाट लाभका अवसरहरु उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, द ) भोग विलासका साधनहरुमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

मीन राशि( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

The post भोली ४ गते सूर्य ग्रहण लाग्ने,कुन राशीलाई के फाईदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.