यसकारण सिरियामा रगतको खोला बगाइरहेका छन् अमेरिका, रसिया र सिरिया

यसकारण सिरियामा रगतको खोला बगाइरहेका छन् अमेरिका, रसिया र सिरिया

एजेन्सी । सिरियामा युद्ध हुन लागेको पनि एक दशक हुन लागेको छ । विश्वका शक्तिशाली देशहरुले अझै पनि यस देशमा आक्रमण गरिरहेका छन् । सिरियाली युद्धका कारण लाखौँ मानिसको ज्यान गएको छ भने लाखौको संख्यामा मानिसहरु बेघर समेत भएका छन् ।

किन विश्वका शक्तिशाली देशहरुको निशानमा पर्यो सिरिया । के आतंकवादी संगठन आइएसमात्र कारण थियो ? के आतंकवादी संगठनदेखि विश्वका शक्तिशाली देशहरु डराएकै हुन् वा यो एउटा कस्पीरेसी थियो ? यी प्रश्नहरुको जबाफ आज विश्वका हरेक मानिसहरुले चाहिरहेका छन् ।

सिरियामा युद्धको सुरुवात कसरी भयो ?

सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए ।

अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मार्चमा पश्चिम सिटी डेरामा प्रजातन्त्रको पक्षमा आन्दोलनहरु चर्कन थाले । तर, सानो आगोको झिल्का देशभर फैलन समय लागेन । सरकारले आन्दोलन दबाउन ठुलो शक्ति प्रयोग गरेपछि सिरियाका जनता सबै सडकमा उत्रिन थाले । उनीहरुले राष्ट्रपतिको राजिनामा माग गरिरहेका थिए भने अर्को तर्फ बसर आफ्नो पद जोगाउन राजनीतिक खेलमा व्यस्त देखिन्थे ।

आन्दोलनले कडा रुप लिन थालेपछि विपक्षी समर्थकहरुले हतियारको सहारा लिन थाले । सुरुमा त हतियार आत्मरक्षाका लागि प्रयोग गरियो तर, पछि यसको प्रयोग सुरक्षा फौजहरुलाई आफ्नो क्षेत्रबाट भगाउन प्रयोग गर्न थालियो ।तर, बसरले पनि कसम खादै भने,‘म विदेशी शक्तिको भरमा उम्लिएको आतंकवाद निमाश पारेरै छोड्नेछु ।’

विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो ।

सिरियाली युद्ध किन लामो समयसम्म चलिरहेको छ ?

यो बसर र विद्रोही पक्षको मात्र युद्ध रहेन । सिरियामा जब क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु, इरान, रसिया, साउदी अरेबिया र अमेरिकाले सहितले आक्रमण गरे त्यसपछि लाखौको संख्यामा मानिसको ज्यान जान सुरु भयो । बसरको सरकारलाई सैन्य, आर्थिक तथा राजनैतिक सहयोग मिलेपछि सिरियामा युद्धले अर्को भयानक रुप लियो ।विदेशी शक्तिहरुले विभिन्न षडयन्त्र रची आतंकवादी संगठनहरुलाई फुटाउने तथा उनीहरुलाई आक्रमण गराउन मदत गर्ने काम समेत गरे ।

जिहादी संगठनहरु पनि विभिन्न समुहमा बनाइ अगाडि बढ्न थाले । आंतकवादी संगठनहरुले पनि क्षेत्र विभाजन गरेर आफ्नो नियन्त्रणमा लिने योजना बनाउँदै अगाडि बढे । हायत ताहिर अल–साम, यो आतंकवादी संगठन अल कायदासँग अनुबन्धित रहेको थियो, यसले उत्तर–पश्चिम राज्यमा नियन्त्रण बनाइ बस्ने काम गरेको थियो ।

विश्वकै शक्तिशाली आतंकवादी संगठन आइएस जसले सिरियामा सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा छ । उत्तरी र पुर्वी सिरियामा आफ्नो बर्चस्वका कायम राख्न आइएस सरकारी सैनिक, बिद्रोही ब्रिगेड र कुर्दिस मिलिसियासँग लड्दै आइरहेको छ । आइएस अमेरिका र रसियाको समेत प्रमुख निशानमा रहेको छ ।हजारौको संख्यामा सिया मिलिसियाहरु इरान, लेबनान, इराक, अफगानिस्तान र यमनबाट सिरियामा आइ युद्ध लडिरहेका छन् । धर्म रक्षाको लागि युद्ध गरेको उनीहरु बताउँदै आइरहेका छन् ।

किन विश्वका शक्तिशाली देशहरु सिरियामा आक्रमण गरिरहेका छन् ?

राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मदत गर्न खाजेको थियो । आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मदत गरेको थियो । मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो । तर, अधिकारकर्मीहरुले भने,‘रसियाले पश्चिम समर्थित विद्रोही संगठनहरुलाई आक्रमण गर्यो ।’

६ महिनापछि रसियाका राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे । सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो ।

सिया शक्ति रहेको इरानले अर्बौ रुपैयाँ यस युद्धमा खर्चेको छ । अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो । हतियार पनि सहज रुपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ट्रान्सफरमा समेत मदत गरेको थियो ।मिडिया रिपोर्टका अनुसार हजारौको संख्यामा इरानले सिरियामा आफ्ना सैनिकहरुल पनि पठाएको थियो ।

असादको इरान र अरबसँगको राम्रो सम्बन्धले पनि उनले धेरैभन्दा धेरै सहयोग पाइनै रहे । सिरिया तेल आयात गर्नका लागि प्रमुख ट्रान्जिट भएका कारण पनि सबैको निशानामा रहेको थियो । इरानबाट हातहतियार ल्याउनका लागि लेबनानी सिया इस्लामिसट संगठन हेजबोल्लाहको प्रमुख ट्रान्जिट पनि सिरिया नै रहेको थियो । जसका लागि पनि उसले सरकारलाई सहयोग गर्न हजारौ सेना सिरिया पठाएको थियो ।

उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेदार राष्ट्रपति असाद भएको बताएको थियो । उनले सिमित मात्रामा सैन्य सहयोग गरेको र आतंकवादीसँग अत्याधुनिक हतियार भएको बताउँदै आएका थिए ।सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो । पहिलो आक्रमणमा अमेरिकाले एयरबेसमा गरेको थियो । पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो ।

साउदी अरेबियामा सुन्नीको शासन रहेको छ । यसले इरानलाई काउन्टर दिदै आइरहेको छ ।विद्रोही पक्षलाई समर्थन गर्दै आइरहेको टर्कीले कुर्दिस पपुलर प्रोटेक्सन युनिटलाई मिलिसिया सहयोग गर्दै आइरहेको छ ।

युद्धको असर

युएनको रिपोर्टका अनुसार बितेको पाँच वर्षमा २ लाख ५० हजार मानिसहरुको ज्यान गइसकेको छ । सन् २०१५ पछि युएनले उक्त रिपोर्टबारे अपडेट भने गरेको छैन ।युकेमा रहेको एक सर्बेक्षण समुहले सन् २०१६ सम्ममा ३ लाख २१ हजारको ज्यान गएको बताएको थियो ।अर्को रिपोर्ट अनुसार भने सन् २०१६ को फ्रेबअरीमा ४ लाख ७० हजारको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको थियो ।५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।

१० प्रतिशत शरणार्थीहरु सुरक्षीत रुपमा युरोप पुगेका थिए ६३ लाख सिरियाली जनता भने बेघर भएका छन् । ८५ प्रतिशत सिरियाली जनता गरिबीको रेखामुनि रहेका छन् ।सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् ।विद्रोहीहरूले गोलाबारीका कारण दमास्कसमा १६ सर्वसाधारणलाई मारिएको जनाइएको छ।

सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै निहत्था नागरिक मारिएका हुन् ।सुरक्षा परिषदले ३० दिनको युद्धविराम चाहेको छ जसले गर्दा उद्धारकर्मीले त्यहाँ पुगेर राहत सेवा चलाउन सकुन् ।राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाली सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा आफूलाई शंका रहेको भन्दै मतदान ढिलो गराउनमा भूमिका खेलेको भन्दै रूसको आलोचना गरेकी छन ।सिरियामा एक महिनाका लागि युद्धविराम कायम भएको छ । तर, त्यहाँको यी दर्दनाक तस्बिरहरु यतिबेला विश्वमै भाइरल बनेको छ ।

The post यसकारण सिरियामा रगतको खोला बगाइरहेका छन् अमेरिका, रसिया र सिरिया appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.