वर्षकै आकर्षक १० पुरुष

पारस खड्का

सन् २००९ नोभेम्बरदेखि नै पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा नेपालले क्रिकेटमा सुखद् नतिजा ल्याइरहेको छ । मैदानभित्र ब्याटिङसँगै बलिङमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्ने ६ फिट १ इन्च अग्ला पारसको आकर्षक ब्यक्तित्वले पनि धेरैलाई तानिरहेको हुन्छ । ३० वर्षीय अलराउन्डर पारस राइट ह्यान्ड ब्याट चलाउँछन् भने उनी राइट ह्यान्ड मिडियम फास्ट बलर हुन् । नेपालीहरूमाझ उनको लोकप्रियताको ग्राफ निरन्तर उकालो लागिरहेको छ ।

 

अनमोल केसी

 युवा पुस्ताका अभिनेताहरूमा पावरफूल स्टारडम भएको कोही छन् भने ती अनमोल केसी नै हुन् । उनको नामैले चलचित्र सफल हुन्छन् । त्यसैले अनमोल अहिलेका सबैभन्दा महंगा अभिनेता हुन् । आफ्नो चकलेटी अनुहारकै कारण अनमोल जता गए पनि प्रशंसकहरूबाट घेरिन्छन् । चलचित्र ‘होस्टल’ बाट डेब्यु गरेका अनमोल पारपाचुके गरिसकेका अभिनेता भुवन केसी तथा नायिका सुस्मिता बम्जनका छोरा हुन् ।

गगन थापा 

सम्भावना बोकेका युवा नेता मानिन्छन्—गगन थापा । वाकपटुता, बोल्ड भाषणशैली तथा तार्किकताका कारण उनले २०६२/६३ को जनआन्दोलनपछि सेलिब्रेटी छवि बनाएका हुन् । त्यसयता उनी युवापुस्ताबीच आशाको किरणका रूपमा देखिएका छन् । नेविसंघको महामन्त्री हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका थापा हालै सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा काठमाडौं–४ बाट पुन विजयी भएका छन्् । काठमाडौंमा जन्मिएका ४१ वर्षीय गगनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हुन् ।

दयाहाङ राई 

अनिनेता दयाहाङ राई आफ्नो भिन्न अभिनय क्षमताका कारण लोकप्रिय छन् । भोजपुरमा जन्मिएका ३७ वर्षीय राई ५ फिट ७ इन्च अग्ला छन् । सन् २००६ मा ‘अनागरिक’बाट चलचित्रमा डेब्यु गरेका यी अभिनेता चलचित्र ‘लुट’को गोफ्लेको भूमिकाबाट चर्चाको शिखरमा पुगे । अभिनयसँगै निर्देशन एवं लेखनमा समेत सक्रिय दया रंगमञ्च हुँदै चलचित्रको पर्दामा आएका हुन् ।

विमल घर्तीमगर

 नेपाली फुटबलमा सम्भावित ठूलो भविष्यका रूपमा लिइन्छ— स्ट्राइकर विमल घर्तीमगरलाई । राष्ट्रिय टिमका लागि परेका बेला गोल गर्न सक्ने क्षमता राख्ने विमल हालै भारतीय आइलिग क्बल मोहन बगानसँग आवद्ध भएका छन् । डेब्यु म्याचमै पाकिस्तानविरुद्ध गोल गरेर चर्चामा आएका मगरको आकर्षण शारीरिक लुक्सले पनि वाहवाही पाउने गरेको छ । नवलपरासीका २० वर्षीय विमल ५ फिट ९ इन्च अग्ला छन् ।

सौगात मल्ल

 नेपाली चलचित्र उद्योगमा भर्सटाइल अभिनेताका रूपमा सौगात मल्लको बेग्लै पहिचान छ । ब्लकबस्टर ‘लुट’मा हाकु कालेको भूमिकामा दमदार अभिनय गरेपछि प्रसिद्धिको शिखर चढेका मल्लले थिएटर हुँदै चलचित्र ‘कागबेनी’मार्फत डेब्यु गरेका हुन् । नवपरासीका सौगात स्टाइलभन्दा बढी अभिनयमा विश्वास गर्ने अभिनेता हुन् । ४२ वर्षीय मल्ललाई आकर्षक व्यक्तित्व एवं अभिनय क्षमताका कारण धेरैले मन पराउने गरेका छन् ।

सन्दीप लामिछाने

 तीन वर्षमै स्टार खेलाडी सावित भएका हुन्— राष्ट्रिय क्रिकेट टिमका युवा बलर सन्दीप लामिछाने । चितवनका १७ वर्षीय लामिछाने स्पीन बलिङमा तहल्का मच्चाइरहेका छन् । आर्थिक दृष्टिकोणले विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल)मा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी सन्दीपलाई आइपिएल टिम दिल्ली डेयरडेभिल्सले ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको हो । लामिछानेले सन् २०१६ मा सम्पन्न यु—१९ विश्वकपमा आयरल्याण्ड विरुद्ध हयाट्रिक गरेका थिए ।

बुद्ध लामा नेपाली सांगीतिक क्षेत्रले पाएको नवप्रतिभा हुन्—बुद्ध लामा । गत असोजमा नेपालको लोकप्रिय रियालीटी शो नेपाल आइडलको उपाधि जितेपछि सेलिब्रेटी भएका पोखराका बुद्ध अहिले धेरैको रोजाइमा पर्ने गायक हुन् । २० वर्षीय लामा त्यसअघि पोखरामा सञ्चालित ‘विग आइकन’मा चौथो भएका थिए । प्लस टु अध्ययनरत बुद्ध संगीतका विद्यार्थी समेत हुन् । अहिले उनका प्रशंसकको संख्या ठूलै

भैसकेको छ ।

रवि लामिछाने

 एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनमा ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम चलाउँथे रवि लामिछाने । ओली नेतृत्वको सरकार ढलेपछि उनी उक्त कार्यक्रमबाट हटाइए । अहिले उनले न्युज—२४ मा कार्यक्रम ‘जनतासँग सिधा कुरा’ चलाइरहेका छन् । आफ्नो कार्यक्रममा पीडित पक्ष र सरोकारवालाहरूलाई एक ठाउँमा उपस्थित गराएर फरक धार र स्वाद दिन खोजेका कारण उनी लोकप्रिय हुँदैं गएका छन् । सन् २०१३ मा उनले लगातार ६० घण्टाभन्दा बढी टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व कीर्तिमान समेत बनाएका थिए ।

पल शाह

४ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएका हुन्— अभिनेता पल शाह । गोरो आकर्षक लुक्सका पलको स्थायी घर दाङ हो । सन् २०१२ मा ‘नाइ न भन्नु ल—४’ बाट डेब्यु गरेका पल अहिलेका ब्यस्त अभिनेता हुन् । २९ वर्षीय पल ‘स्टाइलिस लुक’का कारण युवतीहरूको सर्वाधिक रोजाइमा पर्ने अभिनेता हुन् । उनको ‘नाइ नभन्नु ल—३’ तथा ‘म यस्तो गीत गाउँछु’ व्यवसायिक रूपमा सफल चलचित्र मानिन्छन् । साप्ताहिकबाट

The post वर्षकै आकर्षक १० पुरुष appeared first on Taja nepali news.

http://ift.tt/2BvsuMs
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.