कस्तो निर्दयि बुवा हुन जस्ले आफ्नो छोरालाई मार्न खोजे

बैतडी, फागुन १२ – बैतडीको दशरथचन्द नगरपालिका ८, डूङराका रञ्जन भट्ट ८ कक्षामा पढ्छन् । बल्ल १३ वर्ष पुगेका उनले आठ कक्षासम्म पढ्न शारिरीक र मानसिक हिंसा भोग्नुपर्यो । त्यो पनि आफ्नै बाबुबाट ।

‘१३ वर्ष भएँ, घर बाहिर बसेको ११ वर्ष भयो । रञ्जन भन्छन, २ वर्षको हुँदादेखि नै छिमेकी दाईसँग बस्दै आएको छु ।’ आफू डेढ वर्षकै हुँदा आमालाई घर निकाला गरेको भन्ने सुने पनि आफूलाई आमाको अनुहार समेत याद नभएको रञ्जन बताउछन् ।

आमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आएका रञ्जन उहाँहरुलाई पनि बाबुले घरबाट निकालेपछि छिमेकीको रेखदेखमा बस्दै आएका थिए । रञ्जन डेढ वर्षको हुँदासम्म उनका बाबु मनोज प्रहरी जवान थिए । त्यसपछि जागिर छाडेका मनोज घरमै बस्न थाले । घरमा बस्न थालेपछि उनले श्रीमती दीपालाई घरबाट निकालिदिए ।

छोरा रञ्जनलाई भने आफूसँगै राखेका मनोजले केही वर्षपछि ८० वर्ष नाघेका आफ्नै आमा–बुवालाई समेत घरबाट निकालिदिए । मनोजले पछि अर्को बिहे गरे । सानी आमाले पनि आफूलाई माया गर्ने रञ्जन बताउछन् ।

तर रञ्जनका सानीआमालाई पनि उनका बुवा मनोजले घरबाट निकालपछि उनी छिमेकीको घरमा बस्दै आएको बताउछन् ।‘ सानी मम्मीलाई घरबाट निकालेको पनि २ महिना बित्यो । बुवाले मलाई खुकुरीले काट्छु भनेर धम्क्याउनुहुन्छ’, रञ्जन भन्छन्, ‘म डरले भागेर बसेको छु ।’
रञ्जनलाई नगरपालिकाको सहयोग

घरमा कसैको सहयोग नभएपछि रञ्जनलाई अहिले नगरपालिकाले राखेको छ । कक्षा ८ मा पढ्दै गरेका रञ्जनलाई कक्षा ८ को परिक्षासम्म नगरपालिकामा राखिने र कक्षा ८ को परिक्षापछि उनलाई धनगढिमा रहेको ‘एसोएस अनाथ आश्रम’मा राख्ने तयारी भएको महिला विकास अधिकृत अनिता बुढाएरले बताउनुभयो ।

रञ्जनलाई जिल्ला बाल कल्याण कोषमा रहेको ५० हजार रकमबाट सहयोग प्रदान गर्न पहल गर्ने पनि बुढाएरले जानकारी दिनुभयो । रञ्जनका बुवाले अत्याधिक रक्सी खाने र छोरालाई पीट्ने स्थानीयबमसी बताउछन् ।

रञ्जनलाई गाँउका केही युवाले सहयोगका लागि गएको मंगलबार दशरथचन्द नगरपालिकामा पुर्‍याएका थिए । ‘केही सहयोग मिल्छ की भनेर हामीले रञ्जनलाई नगरपालिकामा पुर्‍याएका हाैँ’, स्थानीयबासी तर्कराज भट्टले भन्नुभयो, ‘उनलाई गाउँमा बस्न निकै अप्ठ्यारो छ । यिनका बुवाले यिनलाई जतिबेला पनि मार्न सक्छन् केही भर छैन् ।’ सधैँ रक्सी खाएर हिँड्ने मनोजले गाउँलेलाई नै थर्काउने गरेको तर्कराज बताउँछन् । ujyaaloonline

The post कस्तो निर्दयि बुवा हुन जस्ले आफ्नो छोरालाई मार्न खोजे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.