नायक पल शाह र नायिका आँचल शर्मा को पारिश्रृमिक कति ? हेर्नुहोस

नाई नभन्नुल ४’ बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेकी नायिका आँचल शर्मा यतिबेला आफनो चलचित्र ‘शत्रु गते’ का लागि निकै उत्साहित छिन् ।

प्राय आफनो अभिनयभन्दा पनि पल शाहसंगको सम्बन्धको कारण चर्चामा आउँने गरेकी उनले शत्रु गते सहित चार चलचित्रमा काम गरिसकिन् ।

आँचल शर्मा

प्राय कलाकारहरुको आफनो पारिश्रृमिकको बारेमा खासै खुलाउँन चाहादैनन । तर हालै आँचलले भने आफनो पारिश्रृमिकको बारेमा खुलाएकीछिन् । उनले हालसम्म चलचित्रमा काम गरेबापत बढीमा ५ लाख सम्म पारिश्रृमिक लिएको बताएकीछिन् । आफु अझै पनि संर्घषरत रहेको कारण पारिश्रृमिक धेरै लिने बेला आईनसकेको बताईन् ।

नब नायिकाहरुको आगमन यतिबेला निकै छ ।प्रतिष्पर्धासंगै नायिकाहरुको पारिश्रृमिक पनि यतिबेला चर्चाको बिषय बन्ने गरेको छ । स्मरण रहोस साम्राज्ञीले कायराका लागि १० लाख पारिश्रृमिक लिएको चर्चा छ । जुन नायिकाहरुको पारिश्रृमिकमा सबैभन्दा धेरै भएको बुझिएको छ ।

पल शाह

यतिबेला सिनेक्षेत्रमा कलाकारहरुको पारिश्रृमिकको कुराले निकै चर्चा कमाईरहेको छ । प्रदिपको २२ लाख , अनमोलको २० लाख , विपिनको १७ लाख , केदार घिमिरेको १० लाख लगायतका पारिश्रृमिकहरु यतिबेला चर्चामा रहेको छ । नयाँ पुस्ताका युवा नायकहरुमा अनमोल , प्रदिपसंगै लोकप्रिय रहेका नायक हुन पल शाह ।

म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रबेश गरेका पलले तीन चलचित्र रिलिज हुँदैमा आफनो स्टारडम निकै कायम गरेका छन् । पछिल्लो समय आफनो मार्केट भ्यालु अनुसार म्युजिक भिडियोमा चर्काे पारिश्रृमिक लिदै आएका भनिएका पलको चलचित्रका लागि भने पारिश्रृमिक खुलेको थिएन ।

अनमोल प्रदिपको पारिश्रृमिक सार्वजनिक भईरहदा पलले पनि आफनो पारिश्रृमिकका बारेमा बोलेका छन । धमलाको हमला नामक कार्यक्रममा बोल्दै उनले अहिले सम्म आफुले ८ देखि १० लाख सम्म पारिश्रृमिक लिने गरेको खुलासा गरेका छन् । चलचित्रको अफर आईरहदा उनलाई २५ ३० लाख सम्म अफर आएको बताए ।

तर पैसाकै लागि जस्तो पायो त्यस्तै चलचित्रमा काम नगर्ने बताएका उनले राम्रो चलचित्रभन्दा पारिश्रृमिक आफनो लागि प्राथामिकतामा नरहेको बताए । ‘शत्रु गते’ मा ८ लाख पारिश्रृमिक लिएको बताएका पलले सोही चलचित्रको एक बिदेशको स्याटलाईट्स राईट्ससमेत लिएको खुलाए ।

अहिले नै बढि पारिश्रृमिक माग्ने बेला आईनसकेको बताएका पलको लोकप्रियता भने अनमोल र प्रदिपको भन्दा कम भने छैन ।

The post नायक पल शाह र नायिका आँचल शर्मा को पारिश्रृमिक कति ? हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/2GVuH4g
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.