तपाईको ब्वायफ्रेन्डमा यी ५ विशेषताहरु छन् भने भुलेर पनि नतोड्नुहोस प्रेमसम्बन्ध!

काठमाडौँ:- प्रत्येक सम्बन्ध धेरै सुन्दर हुन्छ। केवल दुवैमा प्रेम र विश्वास हुनुपर्छ। तपाईले कहिल्यै सोच्नु भएको होला कि आफ्नो पार्टनर पर्फेक्ट हुनु पर्छ र यो कहिल्यै हुन सक्दैन। किनकी कहिल्यै पनि कुनै मानिस पर्फेक्ट हुदैन। यदि प्रेमी र प्रेमिकाको सम्बन्धको बारेमा कुरा गर्ने हो भने जो कोही पनि उसका पार्टनर एकदम पर्फेक्ट होस् भन्ने चाहन्छन। जब कि यस्तो हुन एकअर्का बीचको कुरा मिलन आवश्यक हुन्छ। केटीहरु आफ्नो ब्वायफ्रेन्डमा कुनै कमी सहन सक्दैनन्। यदि केटीहरुले आफ्नो ब्वायफ्रेन्डमा कुनै कमी देखे भने तुरुन्तै आफ्नो प्रेमीलाई छोड्छन। यस चक्करमा हामी अन्य विशेषताहरुको पनि वेवास्ता गर्छौं। आज हामी तपाईलाई केही कुरा बताउन गईरहेका छौँ कि यदि तपाई प्रेमीसँग हुनुहुन्छ भने तपाईले कुनै पनि हालतमा सम्बन्ध तोड्नुहुदैन। जान्नुहोस यस कारण तोड्नुहुदैन सम्बन्ध:-

१. अतीतका कुराहरुका साझेदारी: आजको समयमा कोही यस्तो पनि छैन जसको अतीत नहोस। यदि तपाईको ब्वायफ्रेन्ड तपाईसँग अतीतका कुराहरु खुलेर शेयर गर्छ भने यसको मतलब उसले तपाईलाई ईमान्दारिताका साथ प्रेम गर्छ। यदि तपाईको ब्वायफ्रेन्डमा यस्तो गुण छ भने तपाईले उसलाई कहिल्यै पनि छोड्नुहुन्न।

२. स्वतन्त्रता: केही केटाहरुमा एउटा यस्तो बानि हुन्छ जसले हरेक कुरा गर्न रोक लगाउछन। आखिर सबैको आ-आफ्नै व्यक्तिगत स्वतन्त्रता हुन्छ र कसैले यसमा हस्तक्षेप गर्नु हुदैन। यदि तपाईको ब्वायफ्रेन्ड तपाईको साथ-साथै तपाईको परिवार र साथीहरुको पनि ईज्जत गर्छ, तपाईलाई स्वतन्त्रता दिन्छ, कुनै पनि प्रकारका रोक-टोक लगाउदैन र तपाईलाईनचाहिने कुरामा शंका गर्दैन भने तपाईले कुनै पनि हालतमा उसलाई छोड्नुहुदैन।

३. तपाईको आमाबुबालाई आफ्नै मान्नु: अरु कसैको आमाबाबुलाई आफ्नो मान्नु अधिक कठिन काम हो। अक्सर केटीहरुले आफ्नो ब्वायफ्रेन्डको आमाबाबुलाई आफ्नै मान्छन तर ब्वायफ्रेन्डले यो गर्न सक्दैनन् । यदि तपाईको प्रेमीले तपाईको आमाबुबालाई आफ्नै मान्छ भने यसको अर्थ उसले तपाईलाई हृदयबाट नै प्रेम गर्छ र तपाईले उसलाई कहिल्यै छोड्नुहुदैन।

४. सफलताका लागि प्रोत्साहित गर्नु: यदि तपाईको प्रेमीमा तपाईलाई प्रोत्साहित गर्ने गुण छ, यानि कि यदि उसले तपाईलाई हरेका काममा अघि बढ्न उत्प्रेरणा दिन्छ भने तपाईले आफ्नो पार्टनरलाई कुनै पनि हालतमा छोड्नु हुँदैन। यस्तो खुबी धेरै कम केटाहरुमा मात्र हुन्छ। आजकाल सबै आफ्नो बारेमा मात्र सोच्ने गर्छन। यसैले यस्तो ब्वायफ्रेन्ड कहिल्यै छोड्नु हुँदैन।

५. सरी बोल्नु: जब उसले आफ्नो र तपाईको गल्ती हुदा पनि सरी अर्थात् माफी माग्छ, यसबाट थाहा पाउन सकिन्छ कि उ कुनै पनि हालतमा तपाईसँग सम्बन्धमा बस्न चाहन्छ। यस्तो ब्वायफ्रेन्डको कहिल्यै पनि छोड्नु हुँदैन।

The post तपाईको ब्वायफ्रेन्डमा यी ५ विशेषताहरु छन् भने भुलेर पनि नतोड्नुहोस प्रेमसम्बन्ध! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.