रौतहटमा भेटियो रेडियो ट्रान्समिटर जडान भएको मंगोलियन महाचिल

पिठ्यूँमा रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको मंगोलियन महाचिल रौतहटमा फेला परेको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिका– १, शीतलपुरमा हिजो, ३ फागुन राति ८ बजे मंगोलियन चिल फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शीतलपुरको खेतमा रहेको उक्त चिललाई स्थानीय बालबालिकाले समातेपछि चिलको खुट्टा र पिठ्युमा केही नयाँ कुरा देखेर प्रहरीलाई खबर गरेका थिए ।

चिलको दाहिने खुटामा लगाइएको गोलो रिङमा oxnith.lab, nst.biol,mongolia 271 लेखिएको छ ।

प्रहरीले चिललाई फेला पारी चिलको विषयमा अध्ययन गर्न जिल्ला वन कार्यालय रौतहटलाई पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घ कोइरालाले सोलार प्यानल सहितको रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडित चिल मिंगोलियाबाट नेपाल आएको बताए । उनले भने, “यो चिलको विषयमा थप अध्ययन गरिरहेका छौं ।”

चराविद् डा. हेमसागर बराल यो प्रजातिको गोमायु महाचिल हरेक हिउँदमा नेपाल आउने गरेको बताउँछन् ।

विश्वमा नै जम्मा ३९ प्रजातिको चिलमध्ये गोमायु महाचिल लोपोन्मुख चिलको रुपमा रहेको र संरक्षणको प्रयास विश्वव्यापी भइरहेको पनि उनले जानकारी दिए ।

यो चिल मंगोलिया र आसपासका देशहरुबाट नेपाल, पाकिस्तान हुँदै अफ्रिकासम्म पुग्ने र फर्कने गरेको उनको उनले बताए ।

डा.बरालले चिलको पिठ्यूँमा रहेको यन्त्र उक्त चराबारे अध्ययनका लागि जडान गरिएको हुनसक्ने पनि अनुमान गरे । हिमाल खबरबाट

The post रौतहटमा भेटियो रेडियो ट्रान्समिटर जडान भएको मंगोलियन महाचिल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.