छोराको ‘बर्थ डे’ मनाउन पुगेका ओलीका बुबा बालुवाटारमै अलपत्र !

काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं बर्थ डे । हिजो राती नै बालकोटस्थित घरमा केक काटेर जन्मदिन मनाएका ओलीले आज बिहान बालुवाटारमा अर्काे केक काटेर बर्थ डे मनाएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकलगतै ओलीले आफ्नो बर्थ डे केक काटेका हुन् । ओलीको बर्थ डे केक खान भारतीय राजदूत, चिनिया राजदूतदेखि एमाले नेता कार्यकर्ताहरुको भिड देखिन्थ्यो ।

यसरी बालुवाटार भित्र ओलीले केक काटीरहँदा उनका बुवा मोहनप्रशाद ओली भने गेटमै अलपत्र परेका थिए । त्यहाँ खटिएका सेक्यूरिटीले समेत उनलाई प्रधानमन्त्रीका पिता भनेर नचिन्ता उनी गेटमै अन्य सर्वसाधारण नागरिक जस्तै पालो कुरेर बसेका थिए ।

करिब सवा ९ बजे बालुवाटार प्रवेश गरेका मोहन प्रशादले केही समय प्रतिक्षालयमै विताए । त्यही समयमा केहीले उनको अन्तर्वाता लिन समेत भ्याए । सञ्चारकर्मीहरुलाई भित्र प्रवेश दिइयो त्यही मौकामा उनी पनि भित्र गए ।

ओलीले केक काट्ने बेलासम्म उनका पितालाई भित्र प्रवेश गर्न दिइएको थिइन् । प्रधानमन्त्री पत्नीलाई सुरक्षा सहित केक काट्ने ठाउँमा लगियो त्यतीबेलासम्म पनि उनका पिता अलपत्र अवस्थामै थिए । जन्मदिनको केटि काटि सक्दा समेत उनका पिताले भित्र प्रवेश पाएनन् ।

तीन दिन अघि मात्रै झापाबाट छोराको जन्मदिनका लागि काठमाडौं आएका पिता यसरी निवासबाहिरै अलपत्र पर्नुमा दोष कसको ?

The post छोराको ‘बर्थ डे’ मनाउन पुगेका ओलीका बुबा बालुवाटारमै अलपत्र ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.